ढाकाबाट बाहिरिन विभिन्न टर्मिनलहरूमा मानिसहरूको ठूलो भिड



बाङ्लादेशमा राष्ट्रव्यापी कडा लकडाउन सुरु हुनै लागेका बेला राजधानी ढाकाबाट बाहिरिन विभिन्न टर्मिनलहरूमा मानिसहरूको ठूलो भिड जम्मा भएको छ । सोमबारदेखि सात दिनसम्म बाङ्लादेशमा आपत् नपरेसम्म कसैलाई पनि घर छोड्ने अनुमति नदिइने बताइएको छ ।

त्यसैकारण मानिसहरू व्यस्त ढाका शहर छोडेर विभिन्न अन्य शहर र गाउँमा रहेका आफ्ना घर जान हतार गरिरहेका छन् । अहिले बाङ्लादेशमा कोभिड हुनेको सङ्ख्या बढेको छ र धेरै जनामा भारतमा पहिलोपटक देखा परेको डेल्टा भेरियन्ट भएको बताइएको छ ।

बाङ्लादेशमा पछिल्लो लहर करिब छ हप्ता अगाडि सुरु भएको हो । १५ मे मा त्यहाँ २६१ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो र २२ जनाको मृत्यु भएको थियो । शुक्रवार त्यहाँ ५,८६९ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने १०८ जनाको मृत्यु भएको थियो ।

शुक्रवारको तथ्याङ्क कोरोनाभाइरस महामारी सुरु भए यताकै बाङ्लादेशको दोस्रो उच्च मृत्यु सङ्ख्या हो । धेरै अस्पतालमा बिरामीहरू भरिभराउ छन् र खासगरी भारतसँग सीमा जोडिएका अस्पतालहरूमा झन् बढी समस्या भएको छ । सङ्क्रमण सङ्ख्या तीव्र रूपमा बढेपछि रेल र बस सेवाहरू यस अघि नै बन्द गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

बेइजिङ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको उद्योग उत्पादन जुन महिनामा छ

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा

साओ पाउलो । अमेरिकाले ब्राजिलबाट आउने सामानहरूमा ५० प्रतिशत महसुल (कर) लगाउने घोषणा

तीन देशका अन्तरिक्ष यात्रीको निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण

फ्लोरिडा । भारत, पोल्यान्ड र हङ्गेरीबाट ४० वर्षभन्दा बढी समयपछि पहिलो अन्तरिक्ष यात्रीहरू

गतवर्ष आफ्नो नेतालाई अपदस्थ गरेको विद्रोहको परिणाम नियन्त्रण गर्न सङ्घर्ष गर्दै बङ्गलादेश

ढाका । गतवर्ष पूर्वप्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको विद्रोहमा सत्ताबाट हटाइएपछि र उनको