सरकारी सुरक्षा फौजको हवाइ हमलामा इथियोपियाको टिग्रेमा कम्तीमा ६० सर्वसाधारणको मृत्यु



उत्तरपूर्वी इथियोपियाको टिग्रे क्षेत्रमा रहेको एउटा बजारमा सरकारी हवाई फौजले गरेको आक्रमणमा दर्जनौँ मानिसहरूले मृत्यु भएको छ । प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताए अनुसार इथियोपियाको हवाई फौजले राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा अवस्थित टोगोगा बजारमा आक्रमण गरेको बताएका छन् ।

इथियोपियाको सेनाले गैर सैनिकहरूलाई निशाना नबनाएको बताउँदै आफ्नो हमलाले आतङ्कवादी’हरूलाई निष्क्रिय बनाउने उद्देश्य राखेको जनाएको छ । टिग्रेको विद्रोही सेनाले हालैका दिनमा आफूहरूले प्रगति गरिरहेको बताउँदै आएका थिए ।

इथियोपियाको सरकारले त्यसलाई अस्वीकार गरिरहेको थियो । रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी आइसीआरसीले आफूले घाइते व्यक्तिहरूको उद्धारमा सघाएको जनाएको छ ।

यसैबीच संयुक्त राष्ट्रसङ्घले इथियोपियाको सरकारलाई हवाई हमलाका विवरणबारे अनुसन्धान गर्न भनेको छ । करिब आठ महिनाअघि द्वन्द्व सुरु भएयता हजारौँ व्यक्तिले ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन् ।

मिकाइलीको एउटा प्रमुख अस्पतालका चिकित्सकले बीबीसीलाई कम्तीमा ६० जना मारिएको र ४० जनाभन्दा बढी घाइते भएको बताए । उक्त सङ्ख्या अझ बढ्नसक्ने बताइएको छ ।

चिकित्सकहरूले उनीहरूले हवाई आक्रमणबाट घाइते भएका दुई वर्षका एक जना बालक सहित दर्जनौँ व्यक्तिको उपचार गरिरहेको जनाएका छन् ।

स्वास्थ्य अधिकारीहरूले रोयटर्स समाचार संस्थालाई इथियोपियाको सेनाले आक्रमण स्थलमा फसिरहेका मानिसहरूलाई सहयोग गर्न जानबाट रोकेको बताएका छन् । एक जना १६ वर्षका किशोरले अस्पतालबाट बीबीसीलाई हवाई आक्रमणका कारण आफ्नो हातमा चोट लागेको र कैयौँ मानिसहरू भुईँमा ढलेको आफूले देखेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका

बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर

ढाका । बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा

ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

जेनेभा ।  जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण