चीनमा क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्धित



चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्धलाई थप प्रभावकारी बनाउन बैंक र भुक्तानी सेवाहरूलाई यसको कारोबार रोक्न निर्देशन दिएको छ ।

गत शुक्रवार चीनले सिचुवान प्रान्तमा भइरहेको बिटकोइनको माइनिङ कार्यलाई रोक्न आदेश दिएपछि यो नयाँ निर्देशन दिएको हो । सोमबार बिटकोइनको मूल्य १० प्रतिशतले कम भएको थियो तर मङ्गलवार भने स्थिर भयो ।

अप्रिलमा प्रतिबिटकोइन ६३ हजार अमेरिकी डलर पुगेको मूल्य अहिले त्यसको झन्डै आधा छ । सोमबार केन्द्रीय पीपल्स बैंक अफ चाइनाले हालै मुख्य बैंक र भुक्तानी सेवाहरूलाई बोलाएर क्रिप्टोकरेन्सीको कारोबारमा कडाइ गर्न निर्देशन दिएको बताएको हो ।

एग्रिकल्चरल बैंक अफ चाइनाले केन्द्रीय बैंकको निर्देशन पालना गर्दै क्रिप्टोकरेन्सी माइनिङ र कारोबारजस्ता गैरकानुनी गतिविधिलाई रोक्न सबै ग्राहकको खाताको परीक्षण गर्ने बताएको छ ।

पोस्टल सेभिङ बैंकले पनि किप्टोकरेन्सी कारोबार नगर्ने बताएको छ । मोबाइल र अनलाइन भुक्तानी सेवा अलिपेले गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार रोक्न निरीक्षण प्रणाली विकास गर्ने बताएको छ ।

गत वर्ष विश्वभरि उत्पादन भएको ६५ प्रतिशत बिटकोइन चीनमा माइनिङ गरिएको थियो । केम्ब्रिज विश्वविद्यालयको अध्ययनले सिचुवान प्रान्त दोस्रो सबैभन्दा बढी बिटकोइन माइनिङ हुने स्थान भएको देखाएको थियो ।

बिटकोइन माइनिङमा कम्प्युटरको धेरै प्रशोधन शक्ति र ऊर्जा आवश्यक पर्छ । गत महिना चीनको मन्त्रिपरिषद् स्टेट काउन्सिलले वित्तीय जोखिम नियन्त्रण गर्ने अभियान अन्तर्गत क्रिप्टोकरेन्सी कारोबार रोक्ने बताएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका

बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर

ढाका । बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा

ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

जेनेभा ।  जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण