अष्ट्रेलियाले तत्काल सीमा नखोल्ने



अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला नगर्ने संकेत गरेको छ । अष्ट्रेलियाका व्यापार मन्त्री डान टेहानले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला गर्न अष्ट्रेलियालाई हतार नभएको स्पष्ट पारेका छन् । सिमाना खुल्ला गर्नु कति ठिक र कति बेठिक भन्ने विषयमा सरोकारवाला र विज्ञहरुसँग परामर्श तथा छलफलहरु भइरहेको उनले बताए ।

सिमाना अहिले नै खुल्ला गर्न हतार गर्न नहुने सुझाव अधिकांश विज्ञ तथा सरोकारवालाहरुले दिएकाले अझै केही समय सिमाना नखुल्ने उनले स्पष्ट पारे । विशेष सेवा र अवस्थाका लागि भने निर्धारित सर्तहरु पुरा गरेर हवाई यात्रुहरुलाई भने अष्ट्रेलियाले आवत जावत गर्न दिएको छ ।

न्यूजील्याण्ड र अष्ट्रेलियाका बीचमा हवाई सेवा गत अप्रिलदेखि खुल्ला गरिएको छ । तर सबै देश तथा क्षेत्रलाई अष्ट्रेलियासँगको सिमाना खुल्ला गर्न भने अस्वीकार गरिएको छ । कोरोनाभाइरसको महामारी अझै पनि खतरामुक्त अवस्थामा नरहेकाले सिमाना खोल्ने जोखिम लिन नचाहेको व्यापार मन्त्री टेहानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आन्दोलनमाथि घातक दमनको आदेश दिएको शेख हसिनाको अडियो सार्वजनिक

बीबीसी । बङ्गलादेशमा गतवर्ष विद्यार्थी नेतृत्वको आन्दोलनमाथि भएको प्राणघातक दमन तत्कालीन प्रधानमन्त्री शेख

अमेरिकाको शुल्क स्थगनको निर्णयले विश्वव्यापी व्यापार अनिश्चितता झनै गहिरिने राष्ट्रसङ्घको चेतावनी

जेनेभा । संयुक्त राष्ट्रसंघले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित आयात शुल्क केही हप्ताका

युक्रेनमा विद्युतीय सवारीसाधनको बिक्री ३० प्रतिशतले वृद्धि

किएभ । युक्रेनमा चालु वर्षको पहिलो ६ महिनामा विद्युतीय सवारीसाधनको बिक्रीमा ३० प्रतिशतको

आर्थिक सुधारमा सफल हुँदै घाना, आईएमएफबाट निरन्तर सहयोग

अक्रा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले घानाको आर्थिक सुधार कार्यक्रमको चौथो समीक्षा