माइक्रोसफ्टको अध्यक्षमा भारतीय मुलका सत्या नाडेला नियुक्त



विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनको अध्यक्षमा सत्या नाडेला नियुक्त भएका छन् । माइक्रोसफ्टको अध्यक्ष यसअघि जोन थमसन रहेका थिए भने नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए । भारतीय मुलकी नाडेला चर्चित कम्पनीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका कम्पनीले जनाएको छ ।

माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गत सन् २००० मा त्यागेका थिए भने सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

उनी अध्यक्षमा निर्वाचित भएपनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत निर्वाह गर्ने कम्पनीले जनाएको छ । माइक्रोसफ्ट कर्पोरेसनमा झण्डै दुई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् ।

त्यसैगरी कर्पोरेसनको अध्यक्षको जिम्मेवारीबाट संस्थापक विल गेट्सले सन् २०१४ मा बाहिरिएका थिए । संस्थापक गेट्स बाहिरिएपछि थमसनले अध्यक्षको जिम्मेवारी लिएका थिए ।

अहिले उनी पनि बाहिरिएपछि माइक्रोसफ्ट कर्पोरेसनको नेतृत्व तेस्रो व्यक्तिमा पुगेको छ । कर्पोरेसनको दोहोरो जिम्मेवारी लिएपछि उनले सामाजिक सञ्जाल ट्वीटरको आफ्नो एकाउन्टमा पनि ‘चियरमेन एण्ड सिइओ अफ माइक्रोसफ्ट कार्पोरेसन’ लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका

बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर

ढाका । बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा

ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

जेनेभा ।  जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण