अमेरिकासँग वार्ता र मुठभेड दुवै तयारी गर्दै उत्तर कोरिया



उत्तर कोरियाका नेता किम जङ–उनले आफ्नो देशले संयुक्त राज्य अमेरिकासँग वार्ता र मुठभेड दुवैका लागि तयारी गर्नुपर्ने टिप्पणी गरेका छन् । उनले विशेषतः आफूहरू मुठभेडको अवस्थाका लागि पूर्ण रूपमा तयार भएर बस्नुपर्ने बताएका छन् ।

किम जङ–उनले राष्ट्रपति जो बाइडनको प्रशासनबारे प्रत्यक्ष टिप्पणी गरेको यो पहिलो पटक हो । उत्तर कोरियाले यसअघि नयाँ अमेरिकी सरकारले कूटनीतिक संवाद गर्न खोजेको प्रयासलाई बेवास्ता गरेको थियो । सर्वोच्च नेता किमले प्योङ्याङमा देशका वरिष्ठ नेताहरूलाई सम्बोधन गर्दै वार्ता र भिडन्तका कुरा गरेका हुन् ।

सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय कमिटीको बैठक राजधानी प्योङ्याङमा यसै हप्ता आरम्भ भएको थियो । उत्तर कोरियाको सरकारी समाचारसंस्था केसीएनएले जनाएअनुसार किमले हाम्रो देशको स्वाभिमान र स्वतन्त्र विकासको हितको रक्षा गर्नका निमित्त विशेषगरी मुठभेडको अवस्थाका लागि पूर्ण तयारी हुनुपर्ने आवश्यकता रहेको बताएका थिए ।

किमको त्यस्तो टिप्पणी उनले देशले खाद्य अभावको समस्या बेहोरिरहेको भनेर औपचारिक रूपमा स्वीकार गरेको केही दिनपछि आएको छ । हाल उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति बाइडनको प्रशासनबीचको सम्बन्ध तनावपूर्ण देखिएको छ । राष्ट्रपतीय निर्वाचनअघि बाइडनले किमलाई ठग भनेका थिए ।

बाइडनको शपथ ग्रहण समारोहको केही दिनअघि मात्र उत्तर कोरियाले नयाँ क्षेप्यास्त्रसहित ठूलो स्तरको सैनिक परेड गरेर शक्ति प्रदर्शन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आन्दोलनमाथि घातक दमनको आदेश दिएको शेख हसिनाको अडियो सार्वजनिक

बीबीसी । बङ्गलादेशमा गतवर्ष विद्यार्थी नेतृत्वको आन्दोलनमाथि भएको प्राणघातक दमन तत्कालीन प्रधानमन्त्री शेख

अमेरिकाको शुल्क स्थगनको निर्णयले विश्वव्यापी व्यापार अनिश्चितता झनै गहिरिने राष्ट्रसङ्घको चेतावनी

जेनेभा । संयुक्त राष्ट्रसंघले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित आयात शुल्क केही हप्ताका

युक्रेनमा विद्युतीय सवारीसाधनको बिक्री ३० प्रतिशतले वृद्धि

किएभ । युक्रेनमा चालु वर्षको पहिलो ६ महिनामा विद्युतीय सवारीसाधनको बिक्रीमा ३० प्रतिशतको

आर्थिक सुधारमा सफल हुँदै घाना, आईएमएफबाट निरन्तर सहयोग

अक्रा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले घानाको आर्थिक सुधार कार्यक्रमको चौथो समीक्षा