विश्वमा ४ करोड ६५ लाख भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त



विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ लाख ४१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा सात हजार ४ सय भन्दाबढीको मृत्यु भएको छ । हालसम्म विश्वमा १५ लाख ४१ हजार ६४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा पाँच लाख २५ हजार भन्दा बढी संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ करोड ७३ लाख ८५ हजार ५५० पुगेको छ । संक्रमितमध्ये ४ करोड ६५ लाख ७९ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । हाल विश्वमा एक करोड ९२ लाख ६४ हजार ३९७ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार १३९ जना गम्भीर बिरामी छन् ।

यस्तै, अमेरिकामा थप १ लाख ७३ हजारमा संक्रमण पुष्टि भएको छ । हाल संक्रमितको संख्या १ करोड ५१ लाख ५९ हजार ५२९ पुगेको छ । संक्रमितमध्ये ८८ लाख ५५ हजार ५९३ जना संक्रमणमुक्त भएका छन् भने २ लाख ८८ हजारको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा हालसम्म १ लाख ४० हजार ५९० जनाको मृत्यु भएको छ । हालसम्म ९६ लाख ७६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९१ लाख ३८ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ३२ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६६ लाख ३ हजार ५४० पुगेको छ भने १ लाख ७६ हजार ९६२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५७ लाख ७६ हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका

बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर

ढाका । बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा

ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

जेनेभा ।  जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण