विश्वमा ४ करोड ६२ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त



विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ६२ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २४ हजार ५ सयभन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ४ करोड ६२ लाख ३५ हजार ८५९ जना संक्रमणमुक्त भएका हुन् । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख १९ हजार ५ सय भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ करोड ६८ लाख ४७ हजार ८३३ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ९ हजार ९९६ जनाको मृत्यु भएसँगै हालसम्म १५ लाख ३४ हजार ३४४ जनाको मृत्यु भएको छ । हाल विश्वभर १ करोड ९० लाख ७७ हजार ६३० जना सक्रिय संक्रमित छन् भने एक लाख ६ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ४९ लाख ८३ हजार ४२५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८७ लाख ८७ हजार ७३८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ८७ हजार नाघेको छ । त्यसैगरी, भारतमा सक्रमितको संख्या ९६ लाख ४४ हजार ५२९ पुगेको छ । संक्रमितमध्ये एक लाख ४० हजार २ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९० लाख ९९ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आन्दोलनमाथि घातक दमनको आदेश दिएको शेख हसिनाको अडियो सार्वजनिक

बीबीसी । बङ्गलादेशमा गतवर्ष विद्यार्थी नेतृत्वको आन्दोलनमाथि भएको प्राणघातक दमन तत्कालीन प्रधानमन्त्री शेख

अमेरिकाको शुल्क स्थगनको निर्णयले विश्वव्यापी व्यापार अनिश्चितता झनै गहिरिने राष्ट्रसङ्घको चेतावनी

जेनेभा । संयुक्त राष्ट्रसंघले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित आयात शुल्क केही हप्ताका

युक्रेनमा विद्युतीय सवारीसाधनको बिक्री ३० प्रतिशतले वृद्धि

किएभ । युक्रेनमा चालु वर्षको पहिलो ६ महिनामा विद्युतीय सवारीसाधनको बिक्रीमा ३० प्रतिशतको

आर्थिक सुधारमा सफल हुँदै घाना, आईएमएफबाट निरन्तर सहयोग

अक्रा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले घानाको आर्थिक सुधार कार्यक्रमको चौथो समीक्षा