प्यालेस्टिनी अस्पताललाई इयूद्वारा एक करोड डलर सहयोग



यूरोपेली संघ (इयू) ले पूर्वी जेरूसेलममा रहेको एक प्यालेष्टिनी अस्पताललाई एक करोड आठ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

प्यालेस्टाइनस्थित ईयूका प्रतिनिधि सेभेन कुहन भोन बर्जस्क्रफले सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाभाइरस कारण प्यालेस्टिनी स्वास्थ्य क्षेत्रको समस्याबीचमा ईयूले ठूलो सहयोग दिने भएको छ ।’

पूर्वी जेरूसलमका प्यालेस्टिनी अस्पतालहरूले पश्चिमी किनार, पूर्वी जेरूसलम र गाजा पट्टीका हजारौं प्यालेस्टाइनलाई आधुनिक तथा उत्कृष्ठ स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सहयोग राशिको घोषणा गरिएको हो । इयूका अधिकारी बर्जस्क्रफले भने, ‘कोभिड–१९ सङ्क्रमण महामारीको बीचमा भएको यस योगदानले अस्पताललाई प्यालेष्टिनी जनताका लागि आफ्नो सेवाहरू सञ्चालन गर्न सहयोग गर्ने विश्वास इयूले गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

लण्डन । बेलायत सरकारले १६ वर्षका बालबालिकालाई आम निर्वाचनमा मतदान गर्न अनुमति दिने

दक्षिण सिरियामा भएको हिंसामा ५०० भन्दा बढीको मृत्यु

दमास्कस । दक्षिणी सिरियाको स्वेइदा प्रान्तमा केही दिनदेखि जारी झडपमा परी ५०० भन्दा

रुसद्वारा एक हजार युक्रेनी सैनिकको शव हस्तान्तरण

मस्को । गत महिना शान्ति वार्ताका लागि भएको सहमतिअनुसार रुसले बिहीबार युक्रेनलाई एक

जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त

किएभ ।  युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार