पोम्पेईमा दुई हजार वर्षअघि ज्वालामुखीले पुरेका दुई व्यक्तिको अवशेष फेला



पुरातत्वविद्हरूले प्राचीन रोमन नगर पोम्पेईमा झन्डै दुई हजार वर्ष पहिले विस्फोटन भएको ज्वालामुखीका कारण ज्यान गुमाएका दुई मानिसको अवशेष फेला पारेका छन् । पोम्पेई पुरातात्विक पार्कका अधिकारीहरूका अनुसार तीमध्ये एकजना सम्भवतः धनाढ्य व्यक्ति र अर्का उनका सेवक हुन् ।

पार्कका निर्देशक मास्सिमो ओसान्नाले उनीहरू ज्वालामुखीबाट जोगिने उपाय खोज्दाखोज्दै प्रकोपमा परेको हुनसक्ने बताए । पोम्पेईमा सन् ७९ मा भेसुभिअस पर्वतबाट विस्फोटन भएको ज्वालामुखीका कारण प्रभावित भएको थियो ।

उक्त ज्वालामुखीका कारण पोम्पेई खरानीले पुरियो अनि पूरै नगर र नगरवासीलाई जमाइदियो । अहिले उक्त स्थान पुरातात्विक अध्ययनका लागि उपयुक्त देखिएको छ । पोम्पेई नगरको बाहिरी भागको एउटा ठूलो स्थानमा यो महिना गरिएको उत्खननका क्रममा पछिल्लो अन्वेषण भएको हो ।

अहिले अवशेष भेटिएकामध्ये धनाढ्य ठानिएका व्यक्तिको उमेर ३० देखि ४० वर्ष भएको अनुमान गरिएको छ। उनको गर्धन तल न्यानो खालको कपडाको निसान भेटिएको छ । अर्का व्यक्तिको उमेर १८ देखि २३ वर्षको रहेको बताइएको छ ।

पुरातात्विक अधिकारीहरूका अनुसार ती व्यक्तिको पिठिउँको करङले उनी सेवक भएको सङ्केत दिएको छ । ज्वालामुखीबाट निस्किएको भस्म शरीरमा जम्दा बनेको सङ्केतका आधारमा ती दुईको शरीरको आकृति बनाइएको थियो ।

निर्देशक ओसान्नाले यो ऊष्ण तापका कारण भएको मृत्यु भएको बताए । कक्रक्क परेका हात र खुट्टाले त्यो सङ्केत गरेको उनको भनाई थियो । उनले उक्त खोजलाई ज्वालामुखी विस्फोटन भएको बिहानको “असाधारण र अविश्वनीय प्रमाण“को रूपमा प्रस्तुत गरेका छन् । नेपल्सनजिकै अवस्थित उक्त पुरातात्विक क्षेत्रमा उत्खननको काम जारी छ । तर उक्त स्थान कोरोनाभाइरस महामारीका कारण पर्यटकहरूका लागि अझै बन्द छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका

बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर

ढाका । बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा

ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

जेनेभा ।  जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण