विश्वमा कोरोना संक्रमणबाट एकैदिन १० हजार ८ सयभन्दा बढीको मृत्यु



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ५४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १० हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ । एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि बुधबार १० हजार ५३६ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ लाख ५४ हजार ६१६ पुगेको छ । दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार १४८ जनाको मृत्यु भएको छ । जाडो मौसम सुरुभएसंगै संक्रमितको संख्या बढ्दै गएकाले बेलायतलगायत युरोपभरि नै मृतकको संख्या पनि बढ्दै गएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ५ हजार भन्दा बढी संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड ६५ लाख ५८ हजार २२२ पुगेको छ । संक्रमितमध्ये ३ करोड ९३ लाख ४९ हजार ८०८ जना संक्रमण मुक्त भएका छन् ।

संक्रमितमध्ये एक करोड ५८ लाख ५३ हजार ७ सय बढी उपचाररत छन् भने १ लाख भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, अमेरिकामा संक्रमितको संख्या १ करोड १८ लाख ७३ हजार ७२७ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ५६ हजार २५४ पुगेको छ भने अहिलेसम्म ७१ लाख ६६ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, भारतमा हालसम्म ८९ लाख ५८ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख ३१ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८३ लाख ८१ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५९ लाख ४७ हजार नाघेको छ भने १ लाख ६७ हजार ४९७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५३ लाख ८९ हजार भन्दा बढी निको भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका

बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर

ढाका । बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा

ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

जेनेभा ।  जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण