इजिप्ट र सुडानद्वारा संयुक्त सैन्य अभ्यास शुरु



इजिप्ट र सुडानले संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । उक्त सैन्य अभ्यासले नाइल उपत्यकाका दुई छिमेकी मुलुकबीचको सुरक्षा सम्बन्ध अझ प्रगाढ र सुदृढ बन्दै गएको संकेत गरेको छ ।

गत वर्ष सुडानी राष्ट्रपति ओमार अल–बसिरको सत्ता पतन भएयता पहिलो पटक दुबै मुलुकका कमान्डो सैनिक र लडाकू बिमान सहित संयुक्त सैन्य अभ्यास भइरहेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुडानमाथि लाग्दै आएको आतंकवाद–प्रश्रय मुलुकको सूचीबाट हटाएको एक महिनापछि नै इजिप्ट र सुडानबीच संयुक्त सैन्य अभ्यास भएको हो । अमेरिकी यस कदमपछि सुडानलाई अन्तर्राष्ट्रिय जगतसँग पुनः सम्बन्ध गाँस्न सहज भएको थियो । अमेरिकी कदमसँगै सुडानले इजरायलसँग पनि सम्बन्ध गाँसेको थियो ।

इजिप्टको सेनाले एक वक्तव्य प्रकाशन गरी “नाइलको इगल–१” नाम दिइएको यस संयुक्त सैन्य अभ्यास सुडानमा भइरहेको र यो आगामी नोभेम्बर २६ सम्म जारी रहने बताएको छ ।

सैन्य अभ्यासका क्रममा सैन्य कारबाहीसँग सम्बन्धित योजना निर्माण र कारबाहीसँग जोडिएको क्रियाकलापका साथै खोज तथा उद्धार अभियानमा कमान्डो समूहको परिचालन समेटिएको सैन्य वक्तव्यमा उल्लेख छ ।

इजिप्टका राष्ट्रपति अब्देल फतेह अल–सिसीको सरकारले दक्षिणी छिमेकी मुलुकसँग सम्बन्ध सुदृढ गर्न पछिल्लो समय विशेष महत्व दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

लण्डन । बेलायत सरकारले १६ वर्षका बालबालिकालाई आम निर्वाचनमा मतदान गर्न अनुमति दिने

दक्षिण सिरियामा भएको हिंसामा ५०० भन्दा बढीको मृत्यु

दमास्कस । दक्षिणी सिरियाको स्वेइदा प्रान्तमा केही दिनदेखि जारी झडपमा परी ५०० भन्दा

रुसद्वारा एक हजार युक्रेनी सैनिकको शव हस्तान्तरण

मस्को । गत महिना शान्ति वार्ताका लागि भएको सहमतिअनुसार रुसले बिहीबार युक्रेनलाई एक

जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त

किएभ ।  युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार