म्यान्मारमा चुनावी परिणामलाई नमान्ने सेना समर्थित दलको घोषणा



म्यानमारमा यसै साता सम्पन्न चुनावको परिणामलाई सेना समर्थित दलले नमान्ने घोषणा गरेको छ । साठी वर्षभन्दा बढी म्यान्मारमा शासन गरेको सेनाको समर्थन प्राप्त दल युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी यूएसडीपीले चुनावमा धाँधलीको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेको हो ।

यस पटकको चुनावी परिणामले आङ सान सू चीको दल नेशनल लीग फर डेमोक्रेसीले सन् २०१५ को भन्दा पनि बढी मत पाएको छ भने संसद्मा दुई तिहाइभन्दा धेरै सिटमा विजय प्राप्त गरेको छ । हालसम्म घोषित परिणाम अनुसार एनएलडीले ३९१ स्थानमा विजयी हुँदा यूएसडीपीले २१ स्थानमा मात्र विजय हासिल गरेको छ ।

सन् २०१५ को निर्वाचनमा एनएलडीले ३९० स्थानमा विजयी भएको थियो भने यूसडीपीले ४१ सिटमा विजय प्राप्त गरेको थियो । मतगणना जारी रहेका अन्य ५० सिटमा पनि यूएसडीपीभन्दा एनएलडी धेरै मतले अगाडि देखिन्छ । केन्द्रीय संसद्को लागि ४७७ सिटमा भएको यो निर्वाचनमा १३ स्थानमा भने क्षेत्रीय दलहरूले विजय प्राप्त गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।

कोरोनाभाइरस महामारीका कारण आयोगले व्यवस्था गरेको ’अग्रिम भोटिङ’मा अनियमितता भएको आरोप यूएसडीपीले लगाएको छ । यूएसडीपीले सेनाको सहभागितामा निर्वाचन आयोगले फेरि चुनाव गर्नुपर्ने माग राखेको हो ।

निर्वाचन आयोगले भने प्रमुख प्रतिपक्षी दल यूएसडीपीले लगाएको आरोपलाई खण्डन गर्दै फेरि चुनावको सम्भावना नभएको बताएको छ।
निर्वाचन पर्यवेक्षण गरेको द कार्टर सेन्टरले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै निर्वाचन पर्यवेक्षकसँग अनियमितताको बारेमा प्रश्न गर्न प्रयाप्त तथ्य नभएको बताएको छ ।

संविधान परिवर्तन गरी सेनालाई संसद्बाट निकाल्ने सूची र उनको दल एनएलडीको प्रमुख माग हो । तर संविधान परिवर्तन वा संशोधन गर्न ७५ प्रतिशतभन्दा धेरै सांसदको सहमति हुनुपर्छ। जुन सेनाको सहमतिबिना सम्भव छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आन्दोलनमाथि घातक दमनको आदेश दिएको शेख हसिनाको अडियो सार्वजनिक

बीबीसी । बङ्गलादेशमा गतवर्ष विद्यार्थी नेतृत्वको आन्दोलनमाथि भएको प्राणघातक दमन तत्कालीन प्रधानमन्त्री शेख

अमेरिकाको शुल्क स्थगनको निर्णयले विश्वव्यापी व्यापार अनिश्चितता झनै गहिरिने राष्ट्रसङ्घको चेतावनी

जेनेभा । संयुक्त राष्ट्रसंघले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित आयात शुल्क केही हप्ताका

युक्रेनमा विद्युतीय सवारीसाधनको बिक्री ३० प्रतिशतले वृद्धि

किएभ । युक्रेनमा चालु वर्षको पहिलो ६ महिनामा विद्युतीय सवारीसाधनको बिक्रीमा ३० प्रतिशतको

आर्थिक सुधारमा सफल हुँदै घाना, आईएमएफबाट निरन्तर सहयोग

अक्रा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले घानाको आर्थिक सुधार कार्यक्रमको चौथो समीक्षा