कोरोना संक्रमणबाट विश्वमा १२ लाख ७९ हजार भन्दा बढीको मृत्यु



विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये १२ लाख ७९ हजार भन्दा बढीको मृत्यु भएको छ । विश्वभर पछिल्लो २४ घण्टामा ९ हजार १ सय भन्दाबढीको मृत्युको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ लाख ७९ हजार १ सय ५९ पुगेको छ । यस्तै पछिल्लो २४घण्टामा ५ लाख ४२ हजार भन्दा बढी संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड १८ लाख २ हजार ७ सय ६७ पुगेको छ ।

कोरोना भाईरस संक्रमितमध्ये विश्वभर हालसम्म ३ करोड ६३ लाख ९० हजार ९०९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाख २२ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

संक्रमितमध्ये १ करोड ४१ लाख ३३ हजार भन्दाबढी सक्रिय संक्रमितकोे विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने ९४ हजार ९ सय भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ कारोड ५ लाख ५९ हजार १८४ जना कोरोना संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई लाख ४५ हजार ७ सय बढीको मृत्यु भएको छ भने ६६ लाख १ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी, भारतमा हालसम्म ८६ लाख ३५ हजार ७ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २७ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८० लाख ११ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५७ लाख १ हजार नाघेको छ भने १ लाख ६२ हजार ८४२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५० लाख ६४ हजार भन्दा बढी निको भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा बाढीपहिरोमा परी १११ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म १११ जनाको मृत्यु

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु

गत महिना चीनको अमेरिकातर्फको निर्यात पूर्वानुमानभन्दा बढी

बेइजिङ । वासिङ्टन र बेइजिङले एकअर्कामाथिको कर घटाउने सम्भावित सम्झौतामा सहमति जनाएपछि चीनको

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु

गाजा । गाजाको पानी वितरण केन्द्रमा भएको इजरायली हवाई आक्रमणमा केही बच्चासहित ४०