युएईका प्रधानमन्त्रीले लगाए कोभिड–१९ को खोप



युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिएका छन् । प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर मार्फत सार्वजनिक गरेका थिए । उनले ट्वीटरमा युएईका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड–१९ विरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराइने बताएका छन् ।

केही साताभित्रै युएईका कतिपय मन्त्रीहरुले पनि खोप लिइसकेका छन् । युएइले कोभिड–१९ का बिरामीको परिस्थिति बिचार गरी आपतकालीन प्रयोगका रुपमा खोप दिन थालेको जनाएको छ । तर कुन देश वा कम्पनीको खोप लगाइएको हो भन्ने स्पष्ट गरिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा बाढीमा परी ९८ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा निरन्तर परेको भारी मनसुन वर्षा र त्यससँगै आएको आकस्मिक बाढीका

इजरायली आक्रमणबाट मानवीय सहायता वितरणका क्रममा गाजामा आठ सयको मृत्यु

जेनेभा ।  संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने

आफूलाई सुरक्षा चेतावनी आएको इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीको दाबी

तेहरान । सन् २०२३ को नोबेल शान्ति पुरस्कार जितेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदीलाई

ब्याजदर घटाउन हतार नगर्ने इसीबीको भनाई

जर्मनी । युरोपेली केन्द्रीय बैङ्क (इसीबी) ले तत्काल फेरि ब्याजदर कटौती गर्न हतार