स्पाइस जेट सामुद्रिक विमानमा परिणत हुँदै



भारतीय वायुसेवा स्पाइस जेट महामारीमा यात्रा वृद्धिका निम्ति सामुद्रिक विमानमा परिणत हुँदैछ। देशको ठूलो क्षेत्रीय विमान सेवाले १८ वटा समुद्री मार्गका निम्ति अनुमति पाएको छ ।

त्यसमध्येको एउटा मार्ग गुजरातस्थित केवडियासम्मको छ जहाँ भारतका पहिलो गृहमन्त्री वल्लभ भाइ पटेलको सम्मानमा निर्मित विश्वकै अग्लो १८२ मिटरको सालिक छ ।

महामारीका बेला स्पाइस जेटले कार्गो ढुवानी र साना जहाजबाट क्षेत्रीय उडान लगायतका आम्दानीका नयाँ स्रोतमा आफूलाई केन्द्रित गरेको छ । विमान सेवा कम्पनीहरूले कोरोनाभाइरसको महामारीका बेला नाफा कायम राख्न सङ्घर्ष गरेका छन् । कैयौँले अस्तित्व कामय राख्न सकेका छन् र व्यापक रूपमा रोजगारी कटौती गरेका छन् ।

केही विमान सेवाले आयस्रोतका वैकल्पिक बाटो खोजिरहेका छन् । स्पाइस जेटका अध्यक्ष अजय सिंहले भारत सरकारद्वारा प्रोत्साहनको प्रयासको सङ्ज्ञा दिँदै सामुद्रिक विमानले क्षेत्रीय सम्पर्क विस्तारमा सहयोग गर्ने बताए । निकै महँगा विमानस्थल र धावनमार्गविना नै विमानहरू साना जलाशय र छोटा धावनमार्गमा अवतरण र त्यहाँबाट उडान गर्न सक्छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वल्लभ भाइ पटेलको १४५ औँ जन्म जयन्तीका अवसरमा शनिवार अहमदावाददेखि केवडियासम्मको उडानमा सहभागी हुने बताइएको छ । ३० मिनेट लामो उडानमार्फत् स्पाइसको विमानले सेवा सुरु गर्नेछ, जसको एकतर्फको भाडा भारतीय रुपैयाँ १५ बाट सुरु हुनेछ। स्पाइस जेटले आफ्ना ३०० वटा ट्वीनअटर जहाजलाई सामुद्रिक विमानको रूपमा प्रयोग गर्नेछ । तीनमा यात्रु र चालक दलका सदस्यसहित १९ जना अटाउन सक्छन् ।

फ्लाइट ग्लोबल म्यागेजिनका ग्रेग वाल्ड्रोनका अनुसार सानो आकारले गर्दा ती जहाज ठूला विमान पुग्न अव्यावहारिक हुने ठाउँहरूमा पनि पुग्न सक्छन् । स्पाइस जेटले नागपुर, गुवाहाटी र मुम्बईमा सन् २०१७ मा भारतमा सामुद्रिक विमानको परीक्षण सुरु गरेको थियो ।

उसले जलाशय र अन्तरदेशीय जलमार्गहरूमार्फत् हवाई सम्पर्कको सम्भावना खोजी गरिरहेको छ । भारतमा राष्ट्रव्यापी लकडाउनका बेला स्पाइस जेटले १० लाखभन्दा बढी भारतीयलाई स्वदेश फर्काउँदा सक्रिय रूपमा उडान गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका

बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर

ढाका । बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा

ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

जेनेभा ।  जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण