काबुलमा भएको आत्मघाती बम हमलामा परी कम्तीमा ३० जनाको मृत्यु



अफगानिस्तानको राजधानी काबुल नजिकैको एक शैक्षिक संस्थालाई लक्षित गरेर गरिएको आत्मघाती बम हमलामा परी कम्तीमा ३० जनाको ज्यान गएको बताइएको छ ।

अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनलाई लक्षित गरेर भएको सो आत्मघाती आक्रमणमा मृत्यु हुनेको संख्या ३० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । शनिबार भएको सो हमलामा परी शनिबार नै २२ जनाको मृत्यु भएको बताइएको थियो । आक्रमणमा परी कम्तीमा पनि ७० जना घाइते भएका बताइएको छ । आइतबार मृतकको संख्या बढेको हो ।

काबुल नजिकैको दश्त–ए–बार्ची क्षेत्रमा सो हमला भएको हो । उक्त क्षेत्रमा शिया मुसलमानको बाक्लो बस्ती रहेको छ । एकजना आत्मघाती व्यक्तिले सो भवनमा पुगेर आक्रमण गराएको बताइएको छ । ती व्यक्ति आत्मघाती भएको थाहा पाएर सुरक्षाकर्मीहरुले रोक्न खोज्दाखोज्दै विस्फोट गराएको बताइएको छ । त्यस आक्रमणको इस्लामिक स्टेटले आक्रमणको जिम्मा लिएको छ ।

पछिल्ला केही दिनमा अफगानिस्तानमा हिंसा बढेको छ । अधिकांश आक्रमण तालिबान समूहले गर्ने गरेको छ । तर यो पछिल्लो आक्रमणको भने स्लामिक स्टेटले जिम्मा लिएका छन् । एता कतारको राजधानी दोहामा सरकार र तालिबान समूहबीच शान्ति वार्ता भइरहेको छ । तर यता अफगानिस्तानमा भने हिंसा रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा बाढीपहिरोमा परी १११ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म १११ जनाको मृत्यु

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु

गत महिना चीनको अमेरिकातर्फको निर्यात पूर्वानुमानभन्दा बढी

बेइजिङ । वासिङ्टन र बेइजिङले एकअर्कामाथिको कर घटाउने सम्भावित सम्झौतामा सहमति जनाएपछि चीनको

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु

गाजा । गाजाको पानी वितरण केन्द्रमा भएको इजरायली हवाई आक्रमणमा केही बच्चासहित ४०