भारतमा कोरोना संक्रमणमुक्त हुनेको दर ८८ प्रतिशत



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लचिलो लकडाउन भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको बताएका छन् । उनले भारतमा औसतमा ८८ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएको जानकारी दिए । लकडाउन लचिलो भएर पनि सङ्क्रमणमुक्त हुनेहरुको यो सङ्ख्या विश्वमै एक मात्र र पहिलो देश भारत भएको उनको दावी छ ।

ग्रान्ड च्यालेन्ज एनुयल मिटिङलाई भिडियोमार्फत् सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “भारतको आकार, विविधता र मात्रा देखेर विश्व सँधै लोभिएको छ ।” “हाम्रो जनसङ्ख्या अमेरिकाको भन्दा झण्डै झण्डै चार गुणा बढी छ, हाम्रा धेरै राज्यहरु युरोप र एसियाका देशभन्दा बढी प्रदुषित छन्, तर पनि हाम्रोमा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या अत्यन्त कम छ,” उनले भने ।

प्रधानमन्त्री मोदीले भारतमा सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको र सङ्क्रमणमुक्त भएकाहरुका सङ्ख्या पनि उच्च रहेको बताए । उनले भने, “यति धेरै जनसङ्ख्या भएको मुलुकमा लकडाउन लचिलो बनाउँदा समेत सङ्क्रमित भएकाहरुको सङ्ख्या निकै कम रहेको छ ।

यस्तो अवस्था विश्वको सायद कुनै पनि देशमा छैन ।” मास्कको प्रयोगका लागि प्रेरित गर्ने मुलुकमा पनि भारत सवैभन्दा अगाडि रहेको प्रधानमन्त्री मोदीले दावी गरे । “हामीले काम रोकेका छैनौ, खोपका लागि पनि प्रयास भइरहेको छ, अरु पनि धेरै उपायहरु हामीले अवलम्बन गरेका छौँ,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा बाढीमा परी ९८ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा निरन्तर परेको भारी मनसुन वर्षा र त्यससँगै आएको आकस्मिक बाढीका

इजरायली आक्रमणबाट मानवीय सहायता वितरणका क्रममा गाजामा आठ सयको मृत्यु

जेनेभा ।  संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने

आफूलाई सुरक्षा चेतावनी आएको इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीको दाबी

तेहरान । सन् २०२३ को नोबेल शान्ति पुरस्कार जितेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदीलाई

ब्याजदर घटाउन हतार नगर्ने इसीबीको भनाई

जर्मनी । युरोपेली केन्द्रीय बैङ्क (इसीबी) ले तत्काल फेरि ब्याजदर कटौती गर्न हतार