ट्रम्पका कान्छो छोरा ब्यारनलाई पनि कोरोना सङ्क्रमण



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले उनीहरूका १४ वर्षीय छोरा ब्यारन पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको बताएकी छन् ।

एउटा व्यक्तिगत विज्ञप्ति जारी गर्दै प्रथम महिला मेलानियाले ब्यारनमा पनि कोभिड १९ देखिएपछि उनीहरूको मनमा रहेको त्रास सत्यमा परिणत भएको बताएकी हुन् ।

तर ब्यारन बलिया किशोर भएको र उनमा कुनै लक्षण नदेखिएको मेलानियाले बताइन् । राष्ट्रपति ट्रम्प तथा मेलानिया दुवैमा कोरोनाभाइरस सङ्क्रमण भएको थियो। ह्वाइट हाउसका अन्य कर्मचारीमा पनि सङ्क्रमण पाइएको थियो ।

तर अहिले ट्रम्प र मेलानिया दुवै निको भइसके । आफूमा पनि कोभिड १९ का साधारण लक्षण देखिएको उनले बताइन् । मेलानियाले जीउ दुखेको, खोकी लागेको र थकान अनुभव भएको बताएकी छन् ।

उनले अरूलाई सकेसम्म स्वस्थ जीवनशैली अपनाउन सुझाव दिएकी छन् । उनले सन्तुलित आहार र ताजा हावा लिन अनि करुणाभाव प्रदर्शन गर्न सुझाव दिएकी छन् । ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित ’कोभिड १९ सँग मेरो व्यक्तिगत अनुभव’ शीर्षकको छोटो लेख लेख्दै मेलानियाले छोरा ब्यारनको सङ्क्रमणबारे उल्लेख गरेकी हुन् ।

ब्यारनको परीक्षण गर्दा सुरुमा नेगेटिभ परिणाम आउँदा निकै राहत अनुभव भएको तर फेरि अर्को दिन कस्तो परिणाम आउला भन्ने चिन्ता परेको उल्लेख गरेकी छन् ।

‘फेरि गरिएका परीक्षणमा पोजिटिभ नतीजा आएपछि मेरो मनमा रहेको डर यथार्थमा परिणत भयो,’ मेलानियाले लेखेकी छन् । अस्पतालमा उपचारपश्चात् राष्ट्रपति ट्रम्प भने तीन दिनमा तेस्रो चुनावी र्यालीमा सामेल हुँदैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका

बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर

ढाका । बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा

ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

जेनेभा ।  जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण