किर्गिजस्तानको संसदद्वारा संकटकाल घोषणालाई अनुमोदन



किर्जिस्तानको संसदले मुलुकमा संकटकाल घोषणा गर्ने राष्ट्रपति सूरोनबाई जीन्बेकोभको आदेशलाई अनुमोदन गरेको छ । हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै राजधानी समेत देशका विभिन्न शहरमा विरोध प्रदर्शन भएपछि राष्ट्रपति सूरोनबाईले संकटकाल घोषणा गरेका थिए ।

राष्ट्रपति सूरोनबाईले शुरुमा राजधानी विश्केकमा गत शुक्रबार संकटकालीन आदेश जारी गरेका थिए । तर कानुन बमोजिम संसदले तीन दिनभित्र राष्ट्रपतिको आदेशलाई अनुमोदन गर्न असफल भएको थियो ।

सोमबार, राष्ट्रपतिले दोस्रो पटक आदेश जारी गरेका थिए र मंगलबार त्यसलाई संसदले अनुमोदन गरेको हो । किर्गिजस्तानका राष्ट्रपतिको राजीनामा माग्दै राजधानी विश्केक समेत धेरै स्थानमा हिंसात्मक विरोध प्रदर्शन समेत भएका छन् ।

गत अक्टोबर ४ मा सम्पन्न संसदको चुनावमा सत्तारुढ दलले नै चुनाव जितेको घोषणा गरेलगत्तै विपक्षीहरुले चुनावमा धाँधली भएको भन्दै विरोध शुरु गरेका थिए । प्रदर्शनकारीहरुले सरकारी कार्यालयहरुमा समेत आक्रमण गरेका थिए ।

मतपरिणाम सार्वजनिक भएलगत्तै भड्किएको जुलुसले ११ वर्षे जेल जीवन बिताइरहेका पूर्व राष्ट्रपति अल्माजबेक अटामबायेभलाई जेलमुक्त गरेका थिए । उनीमाथि भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको आरोपमा जेलमा राखिएको छ तर विपक्षीहरुले राष्ट्रपति जीन्बेकोभले राजनीतिक प्रतिशोध लिएको बताएका छन् ।

तर हिंसा भड्काएको आरोपमा शनिबार नै अटामबायेभलाई प्रहरीले गिरफ्तार गरिसकेको छ । पन्ध्र वर्षको अन्तरालमा प्रदर्शनकारीले किर्गिजस्तानको सरकार तेस्रो पटक ढालिसकेका छन् ।

पूर्व सोभियत युनियनबाट अलग भएको र करिब ६५ लाख जनसंख्या रहेको किर्गिजस्तान सबैभन्दा गरिब राष्ट्र हो ।राजधानी विश्केक समेतका स्थानमा भड्किएको हिंसा नियन्त्रण गर्न सरकारले सेना परिचालन गर्नुका साथै निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा बाढीमा परी ९८ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा निरन्तर परेको भारी मनसुन वर्षा र त्यससँगै आएको आकस्मिक बाढीका

इजरायली आक्रमणबाट मानवीय सहायता वितरणका क्रममा गाजामा आठ सयको मृत्यु

जेनेभा ।  संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने

आफूलाई सुरक्षा चेतावनी आएको इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीको दाबी

तेहरान । सन् २०२३ को नोबेल शान्ति पुरस्कार जितेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदीलाई

ब्याजदर घटाउन हतार नगर्ने इसीबीको भनाई

जर्मनी । युरोपेली केन्द्रीय बैङ्क (इसीबी) ले तत्काल फेरि ब्याजदर कटौती गर्न हतार