कोरोना संक्रमणबाट विश्वमा १० लाख ७२ हजार भन्दा बढीको मृत्यु



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख ७२ हजार ७ सय १२ पुगेको छ । विश्वका कोरोना सङ्क्रमितमध्ये २ करोड ७८ लाख ९७ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाइरसबाट हाल विश्वका ३ करोड ७१ लाख १० हजार ९ सय भन्दाबढी संक्रमित भएका छन् ।

हाल विश्वमा ८१ लाख ४१ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेको छ भने ६८ हजार ३ सय बढीको अवस्था गम्भीर रहेकोे वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७८ लाख ९४ हजार ४ सय ७८ पुगेको छ । यस्तै, २ लाख १८ हजार ६ सय बढीको मृत्यु भएको छ भने ५० लाख ६४ हजार भन्दाबढी निको भएका छन् ।

छिमेकी मुलुक भारतमा ६९ लाख ७७ हजार भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ७ हजार ४ सय ५० पुगेको छ । संक्रमितमध्ये ५९ लाख ८५ हजार ५ सय भन्दा धेरै निको भएका छन् । ब्राजिलमा ५० लाख ५७ हजार भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ४९हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४४ लाख ३३ हजार भन्दाबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

लण्डन । बेलायत सरकारले १६ वर्षका बालबालिकालाई आम निर्वाचनमा मतदान गर्न अनुमति दिने

दक्षिण सिरियामा भएको हिंसामा ५०० भन्दा बढीको मृत्यु

दमास्कस । दक्षिणी सिरियाको स्वेइदा प्रान्तमा केही दिनदेखि जारी झडपमा परी ५०० भन्दा

रुसद्वारा एक हजार युक्रेनी सैनिकको शव हस्तान्तरण

मस्को । गत महिना शान्ति वार्ताका लागि भएको सहमतिअनुसार रुसले बिहीबार युक्रेनलाई एक

जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त

किएभ ।  युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार