अफगान सरकार र तालिबानबीच शान्ति वार्ता हुने



अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता आगामी हप्ता शुरु हुने भएको छ । अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको मंगलबार संकेत गर्नुका साथै दुबै पक्षबीच तीन दिने युद्धबिरामका लागि सहमति भएको छ ।

पहिलो चरणको युद्धबिराम मुस्लिम समुदायको महान पर्व इद अल–अधाको पहिलो दिन यही शुक्रबारदेखि सुरु हुनेछ, र यो अरु दुई दिन निरन्तर जारी रहनेछ । तालिबान समूहले नै यसपटक युद्धबिरामका लागि प्रस्ताव गरेको थियो । राष्ट्रपति घानीले पनि तालिबान समूहसँगको मध्यस्थता प्रयासमा निकै प्रगति भएको बताएका छन् ।

यसअघि अफगानिस्तानका जेलमा बन्दी रहेका तालिबान समूहका नेता, कार्यकर्ता र लडाकूको बिनाशर्त रिहाईका विषयमा अफगान सरकार र तालिबानबीच मतैक्य हुन सकेको छैन ।

पाँच हजार तालिबानी युद्धबन्दीलाई मुक्त गर्न यसअघि गत फेब्रुअरीमा अमेरिका र तालिबानबीचको एक सम्झौतामा सहमति भइसकेको छ । राष्ट्रपति घानीले तालिबान समूहसँगको प्रत्यक्ष मध्यस्थता वार्ता अर्को साताभित्रै शुरु हुने सम्भावना रहेको बताए ।

राष्ट्रपति घानीका प्रवक्ता सेदिक सेदिकीले काबुल सरकारले युद्धबिराम पालना भएनभएको अनुगमन गर्ने जानकारी दिए । सन् २००१ मा अफगान युद्ध शुरु भएयता यो तेस्रो युद्धबिराम हो । यसअघि सन् २०१८ को जुन तथा यसै वर्षको मे महिनामा रमादानका अवसरमा युद्धबिराम गरिएका थिए । पछिल्लो घोषणाप्रति आम अफगानीले सन्तोषप्रद भन्दै स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा बाढीमा परी ९८ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा निरन्तर परेको भारी मनसुन वर्षा र त्यससँगै आएको आकस्मिक बाढीका

इजरायली आक्रमणबाट मानवीय सहायता वितरणका क्रममा गाजामा आठ सयको मृत्यु

जेनेभा ।  संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने

आफूलाई सुरक्षा चेतावनी आएको इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीको दाबी

तेहरान । सन् २०२३ को नोबेल शान्ति पुरस्कार जितेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदीलाई

ब्याजदर घटाउन हतार नगर्ने इसीबीको भनाई

जर्मनी । युरोपेली केन्द्रीय बैङ्क (इसीबी) ले तत्काल फेरि ब्याजदर कटौती गर्न हतार