विश्वमा १ करोड ५९ लाख भन्दा बढीलाई कोरोना संक्रमण



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५९ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ८८ हजार २ सय ५४ जना संक्रमित थपिएसगै संक्रमितको संख्या १ करोड ५९ लाख ४० हजार ३ सय ७९ पुगेको हो ।
पछिल्लो २४ घण्टामा ६ हजार १ सय ८२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ लाख ४२ हजार ८ सय ६८ जना पुगेको वल्डोमिटरले जनाएको छ । हालसम्म ९७ लाख २३ हजार ९ सय ४९ संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यस्तै, युरोपियन मुलुकहरूमा २ लाख ९५४ जना, उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ५ हजार १५४ जना, एसियाली मुलुकहरूमा ८७ हजार ३५४ जना र दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३१ हजार ८४ जनाको मृत्यु भएको छ ।
यस्तै, अफ्रिकी मुलुकहरूमा १७ हजार १४६ जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १६१ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४२ लाख ४८ हजार ३ सय २७ पुगेको छ । जसमध्ये १ लाख ४८ हजार ४ सय ९० जनाको मृत्यु भएको छ ।
यस्तै, ब्राजिलमा २३ लाख ४८ हजार २ सय जना संक्रमित भएका छन् भने ८५ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

शाङ्हाई । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने

ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ‘गोल्डेन डोम’ योजना सार्वजनिक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि

गाजामा इजरायली नाकाबन्दी, कुपोषण र औषधिको अभावमा तीनसय भन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजा । गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी