विश्वमा कोरोना सङ्क्रमितमध्ये ९५ लाख भन्दाबढी निको भएर घर फिर्ता



विश्वमा कोरोना सङ्क्रमितमध्ये ९५ लाख ३५ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ५६ लाख ५१ हजार ६ सय १ जना सङ्क्रमण पुष्टि भएकामा ९५ लाख ३५ हजार २ सय ८ जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण ६ लाख ३६ हजार ४ सय ६४ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ५४ लाख ७९ हजार ९ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६६ हजार २ सयबढीको अवस्था गम्भिर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४१ लाख ६९ हजार ९ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये १९ लाख ७९ हजार ६ सय बढी निको भएका छन् भने १ लाख ४७ हजार भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २२ लाख ८९ हजार ९ सय ५१ पुगेको छ भने ८४ हजार २ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १५ लाख ७० हजार २ सयभन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

शाङ्हाई । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने

ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ‘गोल्डेन डोम’ योजना सार्वजनिक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि

गाजामा इजरायली नाकाबन्दी, कुपोषण र औषधिको अभावमा तीनसय भन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजा । गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी