कश्मीरमा सङ्क्रमण बढिरहेको भन्दै अमरनाथ यात्रा स्थगित



कोरोनाभाइरस महामारीको कारण देखाउँदै भारत प्रशासित कश्मीरमा हिन्दू धर्मावलम्बीहरूको गर्ने अमरनाथ यात्रा यो वर्ष नहुने भएको छ । सङ्क्रमित व्यक्तिको सङ्ख्या बढिरहेकाले उक्त तीर्थस्थलमा वर्षैपिच्छे आयोजित हुने धार्मिक यात्रा नहुने अधिकारीहरूले बताएका हुन् । दुई महिना चल्ने अमरनाथा यात्रामा प्रत्येक वर्ष लाखौँ हिन्दूहरू सहभागी हुन्थे ।

जश्मू तथा कश्मीरमा जुलाई ३१ सम्म सबै धार्मिक स्थलहरू बन्द छन् । जश्मू तथा कश्मीर क्षेत्रमा मङ्गलवार ६०८ जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म सङ्क्रमितहरूको कुल सङ्ख्या १५ हजार नाघेको बताइन्छ । हिमाली क्षेत्रमा चुनढुङ्गाको एउटा गुफामा प्राकृतिक रूपमा बनेको आकृतिलाई शिवलिङ्ग मानेर पूजा गरिन्छ ।

अमरनाथ मन्दिर सञ्चालक समितिले एउटा विज्ञप्तिमा तीर्थयात्रा लागि साधन र स्रोत उपलब्ध गराउँदा उक्त क्षेत्रको स्वास्थ्य प्रणाली प्रभावित हुने उल्लेख गरेको छ । तर गुफामा हुने धार्मिक अनुष्ठानको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ । गत वर्ष पनि अमरनाथ यात्रा स्थगित गरिएको थियो ।

भारत सरकारले कश्मीरको संविधानप्रदत्त मान्यता खारेज गरिदिएपछि गत वर्ष पनि सुरक्षाका कारण अमरनाथ यात्रा हुन सकेको थिएन । भारत र पाकिस्तानबीच कश्मीरको स्वामित्वको विषयमा लामो समयदेखि विवाद छ । उक्त क्षेत्रमा सन् १९८९ देखि सशस्त्र द्वन्द्व हुँदै आएको छ । सन् २०१७ मा लडाकुहरूले आक्रमण गर्दा छ महिलासहित सात तीर्थयात्रीको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रृङ्खलाबद्ध हत्या अभियोगमा दोषी ठहर भएका रोजर्सलाई मृत्युदण्ड

मियामी । अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ६२ वर्षीय

गाजामा भएको इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

गाजा । गाजामा इजरायली आक्रमणबा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी उद्धारकर्ताहरूले

रुस–युक्रेन वार्तामा प्रगति भए ट्रम्प टर्की जाने

  दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि प्रगति भयो भने उनी अझै

रुसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न चीन तयार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस