विश्वमा एकैदिन थपिए दुई लाख ६० हजार कोरोना सङ्क्रमित



कोरोनाभाइरसको महामारी सुरु भएयता पहिलोपटक विश्वभरिको दैनिक थप सङ्क्रमितको सङ्ख्या अढाइ लाख नाघेको छ । करिब दुई लाख ६० हजार मानिस थप सङ्क्रमित भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । त्यसमा सबैभन्दा धेरै नयाँ सङ्क्रमितहरू अमेरिका, ब्रजिल, भारत र दक्षिण अफ्रिकामा पाइएका छन् ।

संसारभरि कोभिड १९ का कारण ज्यान गुमाउनेहरूको सङ्ख्या छ लाख नाघेको छ । त्यसको एक चौथाइ अमेरिकाका छन् । एकैदिनमा संसारभरि मारिनेहरूको सङ्ख्या ७ हजार ३ सय ६० पुगेको छ जुन मे १० तारिख यता भएको सबभन्दा धेरै दैनिक वृद्धि हो । शनिवार कुल सङ्क्रमितहरूको सङ्ख्या एक करोड ४० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

अमेरिकाका कैयन् राज्यहरूमा सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । खासगरि सुरुमै कडा लकडाउन लागु गर्न तथा मास्क लगाउन आदेश दिन हिच्किचाएका दक्षिणी राज्यहरूमा अहिले धेरै सङ्क्रमण फैलिएको छ । फ्लोरिडा, एरिजोना तथा टेक्ससमा धेरै बढेको छ। हाल फ्लोरिडा अमेरिकाभित्र सङ्क्रमणको केन्द्रविन्दु बनेको छ ।

त्यहाँ शनिवार एकैदिन १० हजार भन्दा धेरै थप सङ्क्रमित पाइएका थिए । त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या सवा तीन लाख नाघेको छ भने ज्यान गुमाउने सङ्ख्या ५,००० भन्दा धेरै छ । त्यहाँका अस्पतालहरूले उनीहरूको सघन उपचार कक्ष उच्च क्षमतामा चलिरहेको र नयाँ बिरामी लिन नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

सङ्क्रमण रोक्न मास्क लगाउने विषयको अमेरिकामा राजनीतिकरण भएको छ । अमेरिकाको सङ्क्रामक रोगका वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले राज्य तथा स्थानीय नेताहरूलाई मास्क लगाउन कडिकडाउ गर्न शुक्रवार आग्रह गरेका थिए । तर लगत्तै राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय तहमा मास्क लगाउने विषयलाई आफूले अनिवार्य नगराउने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुर्दिस लडाकू पिकेकेको विघटन, सशस्त्र सङ्घर्ष अन्त्यको घोषणा

इस्तानबुल । कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) ले सोमबार आफ्नो विघटनको घोषणा गर्दै टर्की

पाकिस्तानसँगको युद्धविरामपछि भारतका सबै विमानस्थल पुनः खुला

नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहान्तको

अमेरिकी–इजरायली बन्धकको बदलामा युद्धविराम वा कैदीको रिहाइ हुने छैन : नेतन्याहु

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार हमासले घोषणा गरेको अमेरिकी–इजरायली बन्धकको रिहाइले

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

एएफपी । अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्धविरामपछि दुई परस्पर प्रतिद्वन्द्वी भारत र