राष्ट्रसङ्घद्वारा कोरोनासँग संघर्ष गर्न १० अर्ब ३० करोड डलर रकमका लागि अपील



संयुक्त राष्ट्रसङ्घले कोरोनाभाइरस महामारीविरुद्ध सङ्घर्ष गर्न १० अर्ब ३० करोड डलर रकमका लागि अपील गरेको छ । यो उसले अहिलेसम्म आर्थिक सहायताका लागि गरेको सबैभन्दा ठूलो आह्वान हो ।

राष्ट्रसङ्घले कोभिड १९ का कारण यो वर्षको अन्त्यसम्म २६ करोड ५० लाख मानिसहरूले भोकमरी सामना गर्नुपर्ने बताएको छ । उक्त रकम कम आय भएका र कमजोर देशहरूमा प्रयोग गरिनेछ । राष्ट्रसङ्घले उक्त रकम उठाउन नसकिए दशकौँदेखिको विकास खेर जाने चेतावनी दिएको छ ।

उसले गत मार्चमा दुई अर्ब डलरका लागि अपील गरेको थियो ।  कोरोनाभाइरसका कारण विश्वका गरिबहरूलाई सबैभन्दा ठूलो असर परेको छ । धनी राष्ट्रहरूले आफ्नो अर्थतन्त्र जोगाउन नियमको पालना नगरेको भन्दै उसले अब तिनले विपन्न राष्ट्रहरूका लागि पनि त्यस्तै गर्नुपर्ने बताएको छ ।

यदि उनीहरूले त्यसो नगरे विश्वले शृङ्खलाबद्ध सङ्कट भोग्नुपर्ने र लाखौँ मानिसहरू भोकमरीमा पर्ने चेतावनी राष्ट्रसङ्घले दिएको छ । लकडाउनका बेला कामबाट हटाइएका लाखौँ आप्रवासी कामदारहरूले आफ्नो घरमा रकम पठाउन नपाएको, बालबालिकालाई रोगबाट बचाउने खोप लगाउन नसकिएको र वर्षौँदेखि द्वन्द्वमा फसेका देशहरू कोभिड १९ लाई सामना गर्न सक्षम नरहेको उसको भनाइ छ ।

द्वन्द्वग्रस्त यमनमा सङ्क्रमण पुष्टि भएकामध्ये एकचौथाइ मानिसको मृत्यु भएको छ । अर्थात् त्यहाँ कोभिडका कारण विश्वभरिको औसत मृत्युदरभन्दा पाँचगुना बढी मृत्यु भइरहेको छ ।

यो वेलायतको विपद् आकस्मिक समिति (डीईसी) ले महामारीका कारण विश्वका सबैभन्दा कमजोरहरूलाई सहायता गर्न पहिले गरेको जस्तै अपील हो । त्यसबेला विभिन्न १४ वटा परोपकारी संस्थाहरूले संयुक्त रूपमा ब्रिटेनका नागरिकहरूलाई रकम प्रदान गर्न अपील गरेका थिए । विश्वमा हालसम्म एक करोड ३० लाख मानिसमा कोभिड १९ पुष्टि भएको छ । तीमध्ये छ लाख जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका। बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु

इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

जकार्ता  । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार बिहान म्याद

कुर्दिस लडाकू पिकेकेको विघटन, सशस्त्र सङ्घर्ष अन्त्यको घोषणा

इस्तानबुल । कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) ले सोमबार आफ्नो विघटनको घोषणा गर्दै टर्की

पाकिस्तानसँगको युद्धविरामपछि भारतका सबै विमानस्थल पुनः खुला

नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहान्तको