थुप्रै अर्बपति, नेता र कम्पनीका ट्विटर खाता ह्याक



बिटक्वाइन काण्डको झल्को आउनेगरि एउटा ठूलो सङ्गठित साइबर हमलामा चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्विटर खाताहरू ह्याक गरिएका छन् । हमलाबाट प्रभावित हुनेमा पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्रेटिक उमेदवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, ¥यापर कानिय वेस्ट लगायत छन् । उबर र एपलजस्ता संस्थाहरू समेत हमलामा परेका छन् । हमलाकारीले निशानामा पारेर दुरूपयोग गरेका यी सबै ट्विटर खातालाई दशौँलाखले पछ्याएका छन् ।

ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको थियो । “मलाई सबैले अरूलाई दिन आग्रह गर्ने गरेका छन्, र अहिले त्यो समय आएको छ,“ बिल गेट्सको ट्विटर खातामा राखिएको झुटा ट्वीटमा लेखिएको थियो, “१,००० डलर पठाउनुस्, म तपाईँलाई २,००० डलर पठाउँछु।“

सो बिटक्वाइन खातामा अहिलेसम्म १ लाख डलर जम्मा भएको बताइएको छ । टेस्ला र स्पेश एक्स कम्पनीका प्रमुख एलन मस्कको आधिकारिक ट्विटरमा ’आउँदा केही घन्टामा’ दिइएको डिजिटल वालेटको ठेगानामा पठाइने जतिपनि बिटक्वाइनको भुक्तानी दोबर हुने लेखिएको थियो । ती ट्विटहरू पोष्ट भएको केहीबेरमा हटाइएका थिए ।

निलो ’टिकमार्क’ सहितका ती सबै प्रमाणित ट्विटर खाताहरूलाई अहिले थप ट्विट गर्नबाट रोकिएको छ । विवरणहरूका अनुसार तिनमा यतिखेर पासवर्ड फेर्ने अनुरोधले समेत काम गरिराखेको छैन । यसले ट्विटरकै समस्या समेत देखाएको बताइएको छ । ट्विटरमा अहिलेसम्मकै ठूलो हमला ठानिएको यस घटनालाई उक्त सोसल मिडिया कम्पनीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको

बर्ड फ्लुका कारण बाघिनीको मृत्युपछि उत्तर प्रदेशका सबै चिडियाखाना, सफारी पार्क अस्थायी रूपमा बन्द

इटावा, उत्तर प्रदेश । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।