विश्वमा १ करोड ३६ लाख कोरोना संक्रमित मध्ये ८० लाख निको भएर घर फिर्ता



विश्वमा कोरोना सङ्क्रमितमध्ये ८० लाख ३७ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ३६ लाख ९१ हजार ५ सय ७० जना सङ्क्रमण पुष्टि भएकामा ८० लाख ३७ हजार १ सय ४० जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण ५ लाख ८६ हजार ८ सय २० जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ५० लाख ६७ हजार ६ सय १० जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ५९ हजार ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । यस्तै, कोरोनाबाट अमेरिकामा ३६ लाख १६ हजार ७ सयभन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये १६ लाख ४५ हजारबढी निको भएका छन् भने १ लाख ३० हजार १ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १९ लाख ७० हजार ९ सय ९ पुगेको छ भने ७५ हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १२ लाख ५५ हजार ५ सयभन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

शाङ्हाई । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने

ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ‘गोल्डेन डोम’ योजना सार्वजनिक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि

गाजामा इजरायली नाकाबन्दी, कुपोषण र औषधिको अभावमा तीनसय भन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजा । गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी