हङकङप्रतिको अमेरिकी विशेष व्यवहार अन्त्य गरिएको ट्रम्पको घोषणा



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने एउटा आदेशमा हस्ताक्षर गरेका छन् । उनले चीनविरूद्ध बढ्दो रूपमा कडा नीति अँगाल्ने गर्ने क्रममा पछिल्लो कदम चालेका हुन् । वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा उनले हङकङको स्वतन्त्रतालाई मेटाउने सबै व्यक्ति र निकायलाई त्यसप्रति जिम्मेवार ठहर्याइने बताए ।

उनले हङकङलाई अब मुख्यभूमि चीनजसरी नै व्यवहार गरिने उल्लेख गरेका छन् । ट्रम्पले हङकङमा मानव अधिकार हनन गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउन मिल्ने एउटा विधयेकमा समेत हस्ताक्षर गरेको बताए ।

यसै महिनाको सुरुमा अमेरिकी संसद्बाट एकमतले पारित भएको उक्त विधेयक अब कानुन बनेपछि हङकङसँग व्यापार गर्दा दिइने विशेष सुविधालाई अन्त्य गरिनुका साथै बैंकहरूमाथि प्रतिबन्ध लगाउने अधिकार दिनेछ ।

पछिल्ला साताहरूमा अमेरिकाले हङकङलाई दिइएको विशेष हैसियतबारे निर्णय रोकिराखेको थियो । पूर्व ब्रिटिश उपनिवेश उक्त भूमिले मुख्यभूमि चीनमा नपाइने मौलिक स्वतन्त्रताहरू पाउँछ ।

तर त्यहाँका थुप्रै मानिसहरूले बेइजिङले जारी गरेको नयाँ सुरक्षा कानुनले हङकङको विशेष हैसियत अन्त्य गर्ने ठान्छन् । हङकङ सन् १९९७ मा ब्रिटेनले चीनलाई फिर्ता दिएको थियो ।

त्यस्तो हैसियतका लागि चीन र संयुक्त अधिराज्यबिच सन् १९८४ मा एउटा सम्झौता भएको थियो । चीन सरकारको आलोचनालाई गैरकानुनी ठान्ने बेइजिङको त्यस्तो कानुन ब्रिटेनले सन् १९९७ मा हङकङलाई चीन फिर्ता दिएपछि त्यहाँको राजनीतिक परिदृश्य फेर्ने कठोर परिवर्तन हो ।

सोही पत्रकार सम्मेलनमा ट्रम्पले आफ्नो प्रशासनले असमान व्यापार, अभ्यास र मानव अधिकारजस्ता विषयमा चीनविरूद्ध कडा कदमहरू चालेको बताए । उनले चीनले विश्वमा कोरोनाभाइरस छाडेको आरोप समेत लगाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको

बर्ड फ्लुका कारण बाघिनीको मृत्युपछि उत्तर प्रदेशका सबै चिडियाखाना, सफारी पार्क अस्थायी रूपमा बन्द

इटावा, उत्तर प्रदेश । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।