विश्वमा १ करोड ३० लाख भन्दा बढीलाई कोरोना संक्रमण



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ३ सयभन्दाबढी संक्रमित थपिएसगै संक्रमितको संख्या १ करोड ३० लाख ३४ हजार ९ सय ५५ पुगेको हो । संक्रमितमध्ये ५ लाख ७१ हजार ६ सय १८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।

आईतबार एकै दिन १ लाख २ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । हालसम्म ७५ लाख ८१ हजार ५ सय २५ संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यस्तै, युरोपियन मुलुकहरूमा २५ लाख ७० हजार ९ सयभन्दाबढी, उत्तर अमेरिकी मुलुकहरुमा ३९ लाख ९५ हजार ६ सय, एसियाली मुलुकहरूमा २९ लाख ५७ हजार ६ सय र दक्षिण अमेरिकी मुलुकहरूमा २८ लाख ९३ हजार ३ सयभन्दाबढी संक्रमित भएका छन् । यस्तै, अफ्रिकी मुलुकहरूमा ५ लाख ९८ हजार २ सय ३६ जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११ हजार ४ सय ६० जना संक्रमित भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३४ लाख १३ हजार ९ सय ९५ पुगेको छ । जसमध्ये १ लाख ३७ हजार ७ सय ८२ जनाको मृत्यु भएको छ । यस्तै, ब्राजिलमा १८ लाख ६६ हजार १ सय ७६ संक्रमित भएका छन् भने ७२ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

शाङ्हाई । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने

ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ‘गोल्डेन डोम’ योजना सार्वजनिक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि

गाजामा इजरायली नाकाबन्दी, कुपोषण र औषधिको अभावमा तीनसय भन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजा । गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी