कोरोना भाइरसको संक्रमणबारे अध्ययन गर्न डब्लुएचओको टोली चीन प्रस्थान



कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनको टोली चीन गएको छ । डब्लूएचओका प्रवक्ता मार्गरेट ह्यारिसले विशेषज्ञको एक टोली शुक्रबार चीन प्रस्थान गरेको जानकारी दिए ।

उनका अनुसार यस टोलीले चीनमा कोरोना भाइरसको उत्पत्तिको सम्बन्धबारे अनुसन्धान गर्नेछ । टोलीमा पशु विज्ञान र महामारीका विज्ञहरु छन् । उक्त टोलीले चिनियाँ वैज्ञानिकसँग मिलेर काम गर्ने बताइएको छ ।

उनले कोरोना भाइरस महामारीविरुद्ध जारी लडाईको समीक्षा गर्न बिहीबार गठन भएको एक स्वतन्त्र प्यानलमा विश्व स्वास्थ्य संगठनको कुनै भूमिका नहुनेसमेत बताएकी छन् ।

चीनबाट सन् २०१९ को डिसेम्बर अन्तिबाट सुरु भएको नोभेल कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको छ ।

यस महामारीको उत्पत्तिमा चीनको हात रहेको भन्दै चर्को आलोचना भएपछि यसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओको टोली चीन प्रस्थान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु

ढाका । इलोन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीद्वारा सञ्चालित उपग्रह इन्टरनेट सेवा ‘स्टारलिङ्क’

युरोपेली सङ्घद्वारा रुसमाथि नयाँ प्रतिबन्ध

ब्रसेल्स । युक्रेन र रुसबीच युद्ध रोक्नका लागि प्रयास भइरहेका बेला युरोपेली सङ्घले

जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउन खोजेको आरोप

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलन्स्कीले रुसमाथि शान्ति वार्ता लम्ब्याउँदै समय खर्च गर्ने

चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

हाइनान । चीनले मङ्गलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार