कानपुर क्षेत्रका कुख्यात अपराधी विकास दुबे पक्राउ



भारतको कानपुर क्षेत्रका कुख्यात अपराधी विकास दुबे बिहीबार पक्राउ परेका छन् । गतसाता उनलाई पक्राउ गर्न गएका आठ प्रहरीको हत्या भएको थियो । दुबेलाई मध्यप्रदेशबाट पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । तर दुबेले सञ्चारमाध्यम र प्रहरीलाई बोलाएर आत्मसमर्पण गरेको बताइएको छ ।

कतिपय संचारमाध्यमलाई दुबेले आफूले आत्मसमर्पण गर्न लागेकोबारे खबर गरेका थिए । सञ्चार माध्यमहरुका प्रतिनिधिहरु महाकाल थाना नजिकैको महाकाल मन्दिर अगाडि पुगेपछि उनी ’म कानपुरवाला विकास दुबे हुँ’ भन्दै चिच्याएका थिए । यसको केहीबेरमा आएको प्रहरीले उनलाई पक्राउ गरेर लगेको थियो ।

उत्तर प्रदेश प्रहरीले दुबे पक्राउको पुष्टि गरेको छ । गतासाता कानपुरमा उनलाई पक्राउ गर्न गएको प्रहरीमाथि उनको समूहले गोली चलाउँदा आठ प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । घटनापछि उत्तर प्रदेशसहित तीन राज्यका प्रहरीले उनको खोजी गरिरहेको थियो । दुबेविरुद्ध हत्या लुटपाटलगायतका ६० भन्दा बढी उजुरी दर्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको

बर्ड फ्लुका कारण बाघिनीको मृत्युपछि उत्तर प्रदेशका सबै चिडियाखाना, सफारी पार्क अस्थायी रूपमा बन्द

इटावा, उत्तर प्रदेश । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।