कोरोना संक्रमित बढेपछि बेइजिङमा लकडाउन



चीनले राजधानी बेइजिङनजिकै कोरोनाभाइरस सङ्क्रमण बढेपछि चार लाख मानिस प्रभावित हुनेगरी कडा लकडाउन गरेको छ । यो प्रतिबन्ध खबे प्रान्तको आक्सिन क्षेत्रमा गरिएको हो । गत वर्षको अन्त्यमा सुरु भएको कोरोनाभाइरसको महामारी संसारभरि फैलिए पनि चीनमा सङ्क्रमण कम राख्न त्यहाँको प्रशासन सफल भएको छ ।

दोस्रो लहर फैलिन नदिन त्यहाँका स्वास्थ्य अधिकारीहरू थोरै सङ्क्रमणलाई पनि गम्भीरतापूर्वक लिइरहेका छन् । आइतवार अधिकारीहरूले आक्सिन क्षेत्र पूर्ण रूपमा नियन्त्रणमा रखिने बताएका थिए । अत्यावश्यक सेवाका कर्मचारीहरू मात्रै घरबाट निस्किन पाउँछन् भने एउटा घरबाट एक जनामात्रै दिनमा एक पटक अत्यावश्यक किनमेल गर्न बाहिर जान पाउँछन् ।

कुनै पनि घर वा समुदाय वा गाउँमा बाहिरको मान्छेको प्रवेश निषेध गरिएको छ र त्यो नियम पालना नगर्नेलाई प्रहरीले कारबाही गर्ने बताइएको छ । आक्सिन बेइजिङबाट १५० किलोमिटर दक्षिणमा रहेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार त्यहाँ गएको दुई हप्तामा १८ जनामा सङ्क्रमण फेला परेको थियो ।

आक्सिनमा चीनका ठूला सहरी क्षेत्रमा जस्तो जनघनत्व उच्च नभएकोले त्यहाँको सङ्क्रमण नफैलिने कुरामा अधिकारीहरू सकारात्मक रहेको बताइएको छ । चीनमा हालैका दिनहरूमा नयाँ सङ्क्रमणको सङ्ख्या निकै कम छ । गएको २४ घण्टामा बेइजिङमा १४ नयाँ सङ्क्रमण भएको थियो। जुनको मध्यदेखि यता त्यहाँको कुल सङ्क्रमित सङ्ख्या ३११ छ ।

बेइजिङमा गएको जुनको मध्यतिर सङ्क्रमण देखिएपछि चीनले तुरुन्तै केही क्षेत्रलाई लकडाउन गर्दै व्यापक रूपमा परीक्षण गरेको थियो । त्यसअघि त्यहाँ ५७ दिनसम्म नयाँ सङ्क्रमण देखिएको थिएन । चीनमा हालसम्म सङ्क्रमित कुल सङ्ख्या लगभग ८५ हजार छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेक्सिकोमा सवारी दुर्घटनामा कम्तिमा २१ जनाको मृत्यु

बीबीसी । मध्य मेक्सिकोमा भएको सवारी दुर्घटनामा कम्तिमा २१ जनाको मृत्यु भएको छ

पाकिस्तान र इरानबाट पाँच दिनमा करिब १६ हजार अफगान शरणार्थी स्वदेश फर्किए

काबुल । अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार, पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान

जिहादीको आक्रमणमा नाइजेरियामा चार सैनिकको मृत्यु

नाइजेरिया । उत्तरपूर्वी नाइजेरियाको एक सैनिक शिविरमा इस्लामिक राज्य पश्चिम अफ्रिका प्रान्त (आइसडब्लुएप)

गाजामा खाद्यान्न नाकाबन्दी हटाउन इजरायललाई संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका राहत प्रमुख टम फ्लेचरले गाजामा जातीय नरसंहारको रोकथामका