अमेरिकाको सर्वोच्च अदालतद्वारा तेस्रो लिङ्गीलाई कानुनी संरक्षण



तेस्रो लिङ्गी भएका कारण कामबाट कर्मचारी हटाउने रोजगारदाताले मुलुकको कानुन तोडिरहेको अमेरिकाको सर्वोच्च अदालतले फैसला गरेको छ । अमेरिकाको सर्वोच्च अदालतले सङ्घीय कानुनमा लिङ्गका आधारमा भेदभाव गर्न नपाइने उल्लेख छ । फैसलामा लैङ्गिक पहिचान र कुनै निश्चित लिङ्गप्रतिको आकर्षणका आधारमा तय हुने पहिचान उक्त कानुनमा समावेश गरिएको बुझ्नुपर्ने बताइएको छ । उक्त फैसला तस्रो लिङ्गी समुदायका लागि ठूलो जीत भएको बताइएको छ।

अमेरिकी अदालत रूढिवादी हुँदै बेला आएको यो फैसलालाई महत्वपूर्ण मानिएको छ । विपक्षी वकिलहरूले भने सन् १९६४ को सिभिल राइट्स एक्टका निर्माणकर्ताहरूले उक्त प्रावधानमा लिङ्ग वा कुनै निश्चित लिङ्गप्रतिको आकर्षणका आधारमा तय हुने लैङ्गिक पहिचानका विषयमा लागु हुने उद्देश्य नराखेको जिकिर गरेका थिए ।

ट्रम्प प्रशासनले पनि यही तर्कको साथ दिएको थियो । तर राष्ट्रपति डोनल्ड ट्रम्पले नियुक्त गरेका न्यायाधीश नील गोर्सचले भने कुनै कर्मचारीलाई तेस्रो लिङ्गी भएकै आधारमा कारबाही गर्नुले लिङ्गलाई ध्यानमा राखेको देखिएको बताएका थिए । सन् १९६४ को सिभिल राइट्स एक्टले रोजगारदातालाई लिङ्ग, जात, रङ्ग, जन्मेको बेलाको राष्ट्रियता र धर्मका आधारमा भेदभाव गर्नबाट रोकेको छ ।

पूर्वराष्ट्रपति बाराक ओबामाले नेतृत्व गरेको प्रशासन अन्तर्गतको रोजगारीको समान अवसरबारे हेर्ने एउटा सङ्घीय आयोगले उक्त कानुनमा लैङ्गिक पहिचान र कुनै निश्चित लिङ्गप्रतिको आकर्षणका आधारमा तय हुने पहिचान समावेश भएको बताएको थियो । तर ट्रम्प प्रशासन भने स्वास्थ्य सेवाका साथै अन्य क्षेत्रहरूमा दिइएका संरक्षण फिर्ता लिन अग्रसर देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

शाङ्हाई । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने

ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ‘गोल्डेन डोम’ योजना सार्वजनिक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि

गाजामा इजरायली नाकाबन्दी, कुपोषण र औषधिको अभावमा तीनसय भन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजा । गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी