फ्रान्समा २२ जुनदेखि विद्यालय खुल्ने



फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले कोरोनाभाइरस सङ्क्रमणका कारण लागू गरिएका कैयौँ प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन् । सोमबारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुल्ने छन् । अन्य युरोपेली राष्ट्रको यात्रा गर्न पनि दिइने छ । कोभिड १९ सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित वृद्धाश्रममा रहेका परिवारका सदस्यहरूलाई पनि भेट्न पाइने बताइएको छ ।

टेलिभिजनमार्फत गरिएको सम्बोधनका क्रममा माक्रोँले फ्रान्सले पहिलो जित हात पारेको तर भाइरस फेरि फर्कन सक्ने चेतावनी दिए । यसै महिनाको शुरूवात देखि फ्रान्सका विभिन्न स्थानमा सामाजिक दूरी कायम गराउने शर्तमा रेष्टुराँ, होटेल र क्याफे खोल्न दिइएको थियो । माक्रोँले सङ्क्रमणका सबैभन्दा धेरै घटना पुष्टि भएको पेरिस क्षेत्रमा पनि सोमवारदेखि त्यस्तै हुने पुष्टि गरेका छन् । त्यस्तै जुन २२ तारिखबाट विद्यालयहरू खुल्ने बताइएको छ ।

तर राष्ट्रपति माक्रोँले भने, ‘यसको अर्थ यो होइन कि भाइरस गइसकेको छ र हामी सुरक्षित हुनका लागि अपनाइएका सावधानीका विधि पूर्ण रूपमा बेवास्ता गर्न सक्छौँ। सन् २०२० को ग्रीष्म ऋतु अन्य गर्मी मौसमभन्दा फरक हुनेछ र भविष्यमा यो फर्किएको खण्डमा सङ्घर्ष गर्नका लागि हामीले यो महामारीको विकासक्रम नियाल्नुपर्छ।’ मार्च महिनामा हुने निर्धारण गरिएको स्थानीय तहहरूको दोस्रो चरणको निर्वाचन जुन २८ तारिखमा आयोजना गरिने माक्रोँले पुष्टि गरेका छन् ।

पछिल्लो घोषणासँगै मुख्य भूमि फ्रान्स अब ग्रीन जोनमा पर्नेछ । फ्रान्समा कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या २९,४०० भन्दा बढी छ। त्यस्तै १,९४,००० सङ्क्रमणका घटना पुष्टि भएका छन् । फ्रान्समा मार्च १७ तारिखदेखि कडा लकडाउन लागु गरिएको थियो जुन मे ११ सम्म कायम थियो । त्यसपछि क्रमिक रूपमा प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्दै लगिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय

  तेहरान। इरानको सर्वोच्च अदालतले शनिबार तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

मस्को । सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

किएभ । उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी ड्रोन

सर्वोच्चको आदेश राष्ट्रका लागि चिन्ताजनक र खतरापूर्णः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर