दोस्रो लहरको सङ्क्रमणको डरका कारण विश्वभरि शेयर बजारमा गिरावट



कोरोनाभाइरस सङ्क्रमणका घटना बढेमा त्यसले अर्थतन्त्रमा पार्ने प्रभावको चिन्तालाई लिएर आर्थिक बजारहरू ओरालो लागेका छन् । अमेरिकी अर्थतन्त्रमा सुधार आउन लामो समय लाग्न सक्ने त्यहाँको केन्द्रीय ब्याङ्कको चेतावनीपछि विश्व बजारमा गिरावट देखिएको हो । अमेरिकाका वित्तीय सूचकहरूले केही हप्तायताकै नराम्रो दिन देखेका छन्।

डाव जोन्सको औद्योगिक सूचकमा करिब ७ प्रतिशतले गिरावट आएको छ । तेलको मूल्यमा ठूलो क्षति भइरहँदा ऊर्जा तथा यात्रासम्बन्धी स्टकमा सबैभन्दा बढी क्षति पुगेको छ । यसअघि युरोपेली तथा एशियाली शेयर बजारमा गिरावट आएको थियो। बेलायतको फुट्सी हन्ड्रेड करिब ४ प्रतिशतले ओरालो लागेको छ ।

जर्मनीको डाक्स ४.४ प्रतिशतले र फ्रान्सको सीएसी फोटी पनि ४.४ प्रतिशतले खस्केको छ । ‘सरकार, कम्पनी र मानिसहरू दोस्रो लहरको सङ्क्रमणका लागि पहिलोभन्दा अझ राम्ररी तयार हुनेछन्,’ युरोपेली शेअर मामिलासम्बन्धी विज्ञ रोलान्ड कलोयानले भने । कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि चालिएका कदमहरू खुकुलो पारिएपछि अर्थतन्त्र तङ्ग्रिन सक्ने आशाबीच शेयर मूल्यमा वृद्धि भएको थियो ।

अमेरिकी रोजगारदाताहरूले मे महिनामा कर्मचारीहरू लिन थालेको आशर्चयजनक रिपोर्टपछि गत हप्ता नास्डाकले नयाँ उचाइ लिएको थियो । तर सावधानीपूर्ण सुधार देखियो । बिहीबार अमेरिकी श्रम मन्त्रालयले जनाए अनुसार गत हप्ता थप १५ लाख व्यक्तिले बेरोजगारी भत्ता पाउनका लागि आवेदन दिएका छन् ।

तीन करोडभन्दा बढी मानिसले त्यो सुविधा लिइरहेको उसले जनाएको छ । बैंकसम्बन्धी नीतिकारहरूले बुधवार जनाए अनुसार यो वर्षको अन्त्यसम्म बेरोजगारी दर ९ प्रतिशतभन्दा माथि रहन सक्छ । अमेरिकाका थुप्रै राज्यहरूले व्यापार(व्यवसाय खोल्न थालेका छन् र एरिजोना तथा क्यालिफोर्निया सहितका राज्यमा पछिल्ला दिनमा कोरोनाभाइरस सङ्क्रमणका घटनामा वृद्धि देखिएको छ । डाउव ६.९ प्रतिशतले ओरालो लागेको छ भने नास्डाक ५.२ प्रतिशतले झरेको छ ।

अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले लकडाउन फेरि लगाइएको देख्न नचाहेको बताए । लकडाउनले विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रलाई यो वसन्तमा हप्तौँसम्म ठप्प बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रृङ्खलाबद्ध हत्या अभियोगमा दोषी ठहर भएका रोजर्सलाई मृत्युदण्ड

मियामी । अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ६२ वर्षीय

गाजामा भएको इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

गाजा । गाजामा इजरायली आक्रमणबा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी उद्धारकर्ताहरूले

रुस–युक्रेन वार्तामा प्रगति भए ट्रम्प टर्की जाने

  दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि प्रगति भयो भने उनी अझै

रुसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न चीन तयार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस