३० करोड बालबालिकालाई खोप दिन सात अर्ब युरो सङ्कलन



इन्टरनेटको माध्यमबाट गरिएको खोपसम्बन्धी विश्वव्यापी सम्मेलनमार्फत् ३० करोड बालबालिकालाई खोप दिनका लागि सात अर्ब युरो जुटेको छ । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ग्याभी खोप सम्मेलनका क्रममा रकम उपलब्ध गराउन जनाइएको प्रतिबद्धताबाट ८० लाख जीवन जोगिने बताए ।

उक्त रकमले पोलियो, भ्यागुते रोग र दादुरा रोगविरुद्धको खोप दिनमा सघाउने बताइएको छ । प्रधानमन्त्री जोनसनले रोगमाथि मानवताको जित हाम्रो जीवनकालकै सबैभन्दा ठूलो साझा प्रयास भएको बताए । ०.१० थान सर्जिकल मास्क र युटिलिटि ग्लोब्स सहितको सामगी प्रदान गरिएको छ ।विश्वका अति विपन्न समुदायहरूमा खोप कार्यक्रमका लागि सघाउने ग्याभी नामक गठबन्धनका लागि सम्मेलनले रकम जुटाएको हो । पचासभन्दा बढी देश र बिल गेट्सजस्ता दाताको सहयोगमा लक्ष्यभन्दा बढी रकम सङ्कलन हुने भएको हो।

सुरुमा करिब ६ अर्ब युरो जुटाउने लक्ष्य लिइएको थियो । बिल गेट्सले आफ्नो संस्थाको तर्फबाट १.३ अर्ब युरो दान गरे भने प्रधानमन्त्री जोनसनले आगामी पाँच वर्षभित्रमा १.६५ अर्ब युरो उपलब्ध गराउने प्रतिबद्धता जनाए । सो संस्थालाई सबैभन्दा बढी रकम उपलब्ध गराउने दाताका रूपमा बेलायत भएको छ । कोरोनाभाइरस महामारीको प्रकोपबाट निस्किन विश्वले सङ्घर्ष गरिरहँदा खोप बारेको सम्मेलन भएको हो ।

उक्त मञ्चलाई प्रयोग गर्दै जोनसनले कोभिड ।१९ को खोप पत्ता लगाउने सामूहिक प्रयासलाई पुनः नवीकरण गर्न अपील गरे। अन्तर्राष्ट्रिय विकासमन्त्री एनीम्यारी ट्रेभिलियानले उपलब्ध हुनासाथ चाहिनेलाई कोरोनाभाइरस विरुद्धको खोप समयमा उपलब्ध गराउन यूके सक्षम रहेको बताइन् ।

इन्टरनेटको माध्यमबाट गरिएको सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आश्चर्यजनक रूपमा उपस्थिति जनाए । गत हप्ता ट्रम्पले राष्ट्रसङ्घीय स्वास्थ्य निकाय विश्व स्वास्थ्य सङ्गठनसँग सम्बन्ध विच्छेद गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

मस्को । सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

किएभ । उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी ड्रोन

सर्वोच्चको आदेश राष्ट्रका लागि चिन्ताजनक र खतरापूर्णः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर

इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया, सरकारको रणनीतिक योजना सार्वजनिक

जकार्ता । इन्डोनेसियाको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले सन् २०२६ देखि इन्धनमा पाँच