दुई कोरियाका सैनिकबीच सीमामा गोली हानाहान



उत्तर कोरिया र दक्षिण कोरियाका सैनिमबीच गोली हानाहान भएको छ । दुई कोरियालाई छुट्ट्याउने असैनिकीकृत क्षेत्रमा पछिल्लो घटना भएको हो । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाबाट चलेका थुप्रै गोली एउटा सुरक्षा पोस्टमा लागेको थियो । त्यसपछि आफूहरूले चेतावनी दिएको र पछि गोली हानाहान शुरू भएको दक्षिण कोरियाले जनाएको छ । घटनामा कुनै हताहती वा क्षति नभएको बताइएको छ ।

पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियातिर सीधै गोली चलाएको जनाइएको छ । सुरक्षा व्यवस्था एकदमै कडा रहने असैनिकीकृत क्षेत्रलाई शान्ति क्षेत्रमा परिणत गराउने सोलस्थित दक्षिण कोरियाली सरकारको दुई वर्षयता जारी प्रयासबीच गोली हानाहानको घटना सार्वजनिक भएको छ ।

करिब तीन हप्तायता पहिलो पटक उत्तर कोरियाली नेता किम जङ उन सार्वजनिक रूपमा देखिएको २४ घण्टापछि उत्तर र दक्षिण कोरियाली सेनाबीच गोली हानाहानको घटना भएको हो । दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए। प्राविधिक रूपमा यी दुई मुलुक अझै युद्धको अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका

बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर

ढाका । बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा

ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

जेनेभा ।  जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण