कोरोनाभाइरसका कारण इटलीमा मृत्यु हुनेको संख्या दुई सय पुग्यो



नयाँ कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या इटलीमा १ सय ९७ पुगेको छ। प्रकोप सुरु भएयता सङ्क्रमण हुनेको सङख्या एक दिनमै धेरै बढेपछि मृत्यु हुनेको सङ्ख्या यति पुगेको हो।

अधिकारीहरूका अनुसार गत २४ घण्टामा मात्रै ४९को मृत्यु भएको छ। कुल सङक्रमण हुनेको सङ्ख्या अहिलेसम्म ४६ सयभन्दा बढी पुगेको छ। डिसेम्बरमा भाइरस पहिलोपटक देखिएयता चीनबाहिर सबभन्दा धेरै मृत्यु हुनेको सङ्ख्या हुने देश इटली बन्न पुगेको छ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी रूपमा कोरोनाभाइरसबाट करिब १ लाख मानिस सङ्क्रमित भएको जनाएको छ। तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको छ जसमध्ये धेरै मृत्यु चीनमा भएको थियो।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रो एड्हानोम गेहब्रेयससले भाइरसको सङ्क्रमण “गहिरो चिन्ताको विषय” भएको भन्दै यसको रोकथामलाई “उच्च प्राथमिकतामा राख्न” सबै देशहरूलाई अपिल गरेका छन्।

अधिकारीहरूले शुक्रवार एक विज्ञप्तिमार्फत् दैनिक मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी पुगेको घोषणा गरेका छन्। उनीहरूले स्वास्थ्य अधिकारीहरूले “मृत्युको यकिन कारण नभन्दासम्म” मृत्यु हुनेको उक्त सङ्ख्या पुष्टि गर्न नसकिएको बताए।

राष्ट्रिय स्वास्थ्य निकायले मृत्यु हुनेको औसत आयु ८१ रहेको र उनीहरूमध्ये धेरैमा पहिल्यै अन्य स्वास्थ्य समस्या पनि रहेको जनाएको छ। मृत्यु हुनेमध्ये ७२ प्रतिशत पुरुष रहेको पनि जनाइएको छ।

सरकारी तथ्याङ्क अनुसार कोरोनाभाइरस देखिएका ४ दशमलव २५ प्रतिशतको मृत्यु भएको पुष्टि भएको छ जुन विश्वमा उच्च दर हो। विश्वकै धेरै उमेर भएका जनसङ्ख्या रहेको देशमध्ये एक इटली हो।

सरकारले यो साता प्रकोप नियन्त्रण गर्न विभिन्न प्रयास गरिरहेका बेला यसै साता त्यहाँ १० दिनका लागि सबै विद्यालयहरू बन्द गर्न सरकारलाई निर्देशन दिएको छ।

सबै व्य‍वसायिक खेलहरू पनि महिना दिनसम्मका लागि बन्द कोठाभित्र खेलिने छ। इटलीभन्दा बढी कोरोनाभाइरस सङक्रमितको सङख्या चीन, दक्षिण कोरिया र इरानमा मात्र रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका

बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर

ढाका । बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा

ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

जेनेभा ।  जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण