डढेलोको घटना बढेपछि अस्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थल बन्द



डढेलो फैलिएर नजिक आएपछि अस्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थल बन्द गरिएको छ। संसद्‌ भवनबाट २० मिनेटको दूरीमा रहेको विमानस्थलका सबै उडानहरू रद्द गरिएका छन्।

बिहीवार तापक्रम बढेपछि दक्षिण र पूर्वका क्षेत्रहरूमा फेरि डढेलो फैलिएको अधिकारीहरूले बताएका छन्। एउटा डढेलो नियन्त्रण गर्ने विमान पनि राजधानीबाट दुई किलोमिटर टाढा रहेको स्नोइ माउन्टेन्समा दुर्घटनाग्रस्त भएको विवरणहरू आएका छन्।

न्यू साउथ वेल्स रुरल फायर सर्भिसले बिहीवार दिउँसो एउटा ठूलो हवाई ट्याकङ्करसँग सम्बन्ध टुटेको पुष्टि गरेको छ। न्यू साउथ वेल्समा १०० भन्दा बढी डढेलोहरू बलिरहेको बताइएको छ।

क्यानबेरामा भने दुईवटा डढेलो विमानस्थल नजिकै आइपुगेपछि अधिकारीहरूले मानिसहरूलाई विमानस्थलबाट टाढै रहन सुझाव दिएका छन्।

अधिकारीहरूका अनुसार बुधवार शुरू भएका डढेलोहरू बढेर विमानस्थलको क्षेत्रमा आइपुग्न लागेको बताएका छन्। सिड्नी र मेलबर्नको बीचमा रहेको क्यानबेराको सीमा क्षेत्रमा ठूला डढेलोहरू हप्तौँदेखि सकृय छन्।

गएको सेप्टेम्बरदेखि अस्ट्रेलियामा लागेको डढेलोका कारण ३० जनाको मृत्यु भइसकेको छ। त्यहाँ एक करोड हेक्टरभन्दा बढी क्षेत्रलाई डढेलोले विनाश गरेको छ।

हालैका दिनमा भएको वर्षाका कारण डढेलोको सङ्ख्या आधा भएको छ। तर अग्नि नियन्त्रण अधिकारीहरूले थोरै वर्षाले अल्पकालीन समाधान मात्रै दिने र जोखिमपूर्ण अवस्था फर्कने बताएका छन्। सिड्नीमा बिहीवार तापक्रम ४० डिग्री सेल्सीअस पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा बाढीपहिरोमा परी १११ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म १११ जनाको मृत्यु

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु

गत महिना चीनको अमेरिकातर्फको निर्यात पूर्वानुमानभन्दा बढी

बेइजिङ । वासिङ्टन र बेइजिङले एकअर्कामाथिको कर घटाउने सम्भावित सम्झौतामा सहमति जनाएपछि चीनको

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु

गाजा । गाजाको पानी वितरण केन्द्रमा भएको इजरायली हवाई आक्रमणमा केही बच्चासहित ४०