युद्ध टार्नका लागि कासिम सुलेमानीमाथि आक्रमण: ट्रम्प



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले “युद्ध सुरु गर्न नभएर युद्ध रोक्न” मारेको बताएका छन्।

उनले इराकको बगदादस्थित विमानस्थलमा भएको शुक्रवारको आक्रमणपछि भने- सुलेमानीको “आतङ्कको शासन” समाप्त भएको छ।

इरानले उनको मृत्युका लागि जिम्मेवारहरूसँग ‘कडा बदला’ लिने भनेको छ। हत्याले इरान र अमेरिकाबीच चुलिएको तनाव प्रकट गरेको छ।

अमेरिकी अधिकारीहरूले सावधानी अपनाउन मध्यपूर्वमा थप ३००० सैन्य दस्ता पठाइने बताएका छन्। यसैबीच इराकी सरकारी टेलिभिजनले सुलेमानी मारिएको २४ घण्टापछि मुलुकमा अर्को हवाई आक्रमण भएको जनाएको छ।

इराकी सैन्य स्रोतले रोयटर्स समाचार संस्थालाई बताए अनुसार स्थानीय समय शनिवार बिहान इराकी मिलिशियाको समूहलक्षित नयाँ आक्रमणमा छजना मारिएका छन् ।

फ्लोरिडास्थित आफ्नो मार-अ- लागो रिसोर्टमा प्रेस सम्मेलनमा बोल्दै ट्रम्पले शुक्रवारको आक्रमणबारे भनेः “अमेरिकी सेनाले यस्तो चुस्त र निशानालक्षित आक्रमण गर्‍यो जसले संसारकै एक नम्बरको आतङ्कवादी कासिम सुलेमानी मारिदियो।”

उनले भने, “सुलेमानीले अमेरिकी कूटनीतिज्ञहरू र सैन्य अधिकारीहरूमाथि तत्काल र क्रूर आक्रमण गर्दै थिए। हामीले उनलाई बीचैमा थाहा पायौँ र सिध्याइदियौँ।”

सुलेमानीको मृत्युपछि सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले विज्ञप्ति जारी गर्दै भने- “ईश्वरकहाँ उनको गमनले उनको यात्रा या लक्ष्य रोकिँदैन, तर उनी र अरू शहीदहरूको रक्तरञ्जित हात भएका अपराधीहरूमाथि अब कडा बदला लिइनेछ।”

अमेरिकी सुरक्षा परिषद्‍लाई पत्र पठाउँदै इरानी राजदूत मजिद तख्त रभान्चीले भने अन्तर्राष्ट्रिय कानुन बमोजिम तेहरानसँग आत्मरक्षाको अधिकार निहित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका

बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर

ढाका । बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा

ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

जेनेभा ।  जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण