कंगोमा विमान दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु



प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एउटा विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २४ जनाले ज्यान गुमाएको बताइएको छ। उक्त विमान गोमा सहरस्थित घरहरूमा ठोकिएको थियो।

हताहत हुनेमा घर र त्यसवरपर रहेका मानिसहरू पनि छन्। अधिकारीहरूका अनुसार विमानमा १७ यात्रु र चालक दलका दुई सदस्य थिए।

विमान के कारण दुर्घटनामा परेको हो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन। तर केही स्रोतहरुले उड्नेबित्तिकै विमानको इन्जिनले काम गर्न छोडेको बताएका छन्।

घटनालगत्तै उद्धारकर्मी र स्थानीय बासिन्दाहरू दुर्घटनास्थलमा पुगेका थिए। विमान ठोकिएको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन।

सुरक्षासम्बन्धी मापदण्डमा आवश्यक ध्यान नपुऱ्याइएको लगायतका कारणले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हवाई दुर्घटना तुलनात्मक रूपमा धेरै हुने गरेको छ। त्यसैले त्यहाँका व्यावसायिक विमानलाई युरोपेली सङ्घले प्रतिबन्ध लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अदालतले रोक लगाए पनि भेनेजुएलाका २३८ आप्रवासी अमेरिकाबाट देशनिकाला

बीबीसी । भेनेजुएलामा सक्रिय एउटा आपराधिक गिरोहका सदस्य भएको आरोप लागेका २०० जनाभन्दा

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्षले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले निम्त्याएको चुनौतीको सामना गर्न

बङ्गलादेशका नेता युनुस चीन भ्रमणमा जाने

ढाका । बङ्गलादेशको सङ्क्रमणकालीन सरकारका प्रमुख नेता मोहम्मद युनुस यसै महिना कूटनीतिक सद्भावना

अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मङ्गलबार पृथ्वीमा फर्किने

वासिङ्टन । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्री