म्याक्डोनल्ड्समा महिला कामदारविरुद्ध यौन दुर्व्यवहारको आरोप



प्रसिद्ध रेस्टुराँ सञ्जाल म्याकडोनल्ड्सका अमेरिकी कामदारहरूले तयारी खाना विक्री गर्ने उक्त कम्पनीमा यौन दुर्व्यवहार आम समस्या रहेको भन्दै मुद्दा दायर गरेका छन्।

मिचिगनकी एक जना महिला कर्मचारीले आफ्ना प्रबन्धकले नियमित रूपमा यौन दुर्व्यवहार गरेको र त्यसविरूद्ध बोल्दा जागिर जाने डर लागेको जिकिर गरेकी छन्।

वकिलहरूले त्यस्ता कैयौं घटना रहेको भन्दै म्याकडोनल्ड्समा काम गर्ने वातावरण माथिबाटै एकदमै खराब रहेको उल्लेख गरेका छन्। ती आरोपबारे उक्त कम्पनीले कुनै पनि प्रतिक्रिया जनाएको छैन।

म्याकडोनल्ड्सकी पूर्व कामदार जेना राइसले मेसन मिचिगनमा रहेको एउटा रेस्टुराँका एक जना प्रबन्धकले बारम्बार यौन सम्बन्ध राख्न आफूसँग प्रस्ताव गरेको बताएकी छन्। ती प्रबन्धकले आफ्ना संवेदनशील अंगहरूमा पटकपटक छोएको उल्लेख गरिन्।

वकिलहरूले उक्त रेस्टुराँ सञ्जालमा त्यस्तो दुर्व्यवहार खेप्ने जेना एक मात्र महिला नरहेको र त्यो उक्त कम्पनीभित्रको संस्कृति झल्काउने एउटा प्रतिनिधि घटनामात्रै भएको उल्लेख गरेका छन्।

उक्त कम्पनीले ५० लाख डलर क्षतिपूर्ती तिर्नुपर्ने माग गरिएको छ। अमेरिकामा मात्रै म्याकडोनल्ड्सका लगभग १४ हजार रेस्टुराँ छन्। तर निक्कै सानो सङ्ख्यामा मात्रै ती रेस्टुराँहरू कम्पनीको स्वामित्वमा छन्।

अधिकांशले उक्त ‘फ्रेन्चाइजको’ नाम प्रयोग गर्न सम्झौता गरेर रेस्टुराँ सञ्चालन गरिरहेका छन्। विगतदेखि नै म्याक्डोनल्ड्सले आफ्ना स्टोरसँग जोडिएका श्रमिकको अवस्थासँग जोडिएका विवादबाट आफूलाई अलग राख्ने गरेको छ।

गएको अगस्ट महिनामा उक्त कम्पनीले आफ्ना सबै रेस्टुराँमा दुर्व्यवहार विरूद्ध नयाँ तालिम सञ्चालन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु

गाजा सिटी (प्यालेस्टिनी क्षेत्र)। इजरायलको पछिल्लो आक्रमणको एक साता बितिसकेको अवस्थामा गाजाको नागरिक

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

चीन । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको

जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई १४ लाख डलर पुरस्कार

जापान । हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको