हङकङमा प्रदर्शनकारीमाथि प्रहरीको गोली प्रहार



हङकङमा सोमबार बिहान भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागि एक जना प्रदर्शनकारी घाइते भएका छन् । फेसबुकमा लाइभ देखिएको फुटेजमा एकजना प्रदर्शनकारीलाई प्रहरीले गोली हानेको देखिएको छ ।

गोली लागेको पहिलो व्यक्तिको अवस्थाका बारेमा पनि जानकारी हुन सकेको छैन । फुटेजमा सो व्यक्ति भुईंमा लडिरहेको,आँखा खुला भएको र उसको शरीरमा रगत बगेको देखिएको छ ।

गएको जुनमा हङकङमा प्रदर्शन शुरु भएपछि यसपालि त्यहाँको प्रहरीले लाइभ गोली प्रहार गरेको यो तेस्रो पटक हो । यसअघि गएको अक्टोबर १ र ४ तारेखमा यसरी गोली प्रहार भएको थियो ।

प्रदर्शनकारीले सोमबार बिहान साइ वान हो चोकमा अवरोध सिर्जना गर्दा प्रहरीले गोली हानेको हो । प्रदर्शनकारीले आज शहरका विभिन्न क्षेत्रमा सडक अवरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु

गाजा सिटी (प्यालेस्टिनी क्षेत्र)। इजरायलको पछिल्लो आक्रमणको एक साता बितिसकेको अवस्थामा गाजाको नागरिक

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

चीन । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको

जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई १४ लाख डलर पुरस्कार

जापान । हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको