मध्यावधि चुनाव गराउन इराकी राष्ट्रपति सहमत



इराकी राष्ट्रपति बरहाम सालेहले देशमा एक महिनादेखि सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन जारी रहेको भन्दै मध्यावधि चुनाव गर्न प्रतिबद्ध रहेको बताएका छन् । तर प्रदर्शनकारीहरुले चुनावले मात्र समस्याको समाधान नहुने बताएका छन् ।

टेलिभिजनमा बिहीबार प्रशारित एक सन्देशमा राष्ट्रपति सालेहले प्रधानमन्त्री अदेल अब्देल माहदी राजीनामा गर्न तयार रहेको बताए । उनले प्रधानमन्त्री पदका लागि अर्को कुनै व्यक्ति तत्काल तयार नरहेको पनि बताए ।

उनले नयाँ निर्वाचन कानुन र निगरानी आयोगमा सहमति हुनासाथ चुनाव गर्न आफू प्रतिबद्ध रहेको बताए । तर उनको सन्देशले प्रदर्शनकारीलाई खासै प्रभावित गर्न सकेको छैन । ७७ वर्षीय अब्देल माहदी इराकको प्रधानमन्त्रीमा एक वर्षअघि चुनिएका हुन् । उनलाई मोक्तादा सदर र संसदीय नेता हादी अल–अमेरीको समर्थन छ ।

तर पछिल्लो समय मोक्तादा सदरले प्रदर्शनकारीलाई समर्थन गरेका छन् भने अमेरी र अरु केही दलले सरकारलाई समर्थन गरिरहेका छन् ।

एक महिनादेखिको प्रदर्शनका कारण कम्तीमा २५७ जनाको मृत्यु हुनुका साथै १० हजारभन्दा बढी घाइते भएका छन् । गत सातामा मात्र एक सय जनाको ज्यान गएको इराकी मानव अधिकारी आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी

फ्र्याङफर्ट । जर्मनीको बर्लिन नजिकै रहेको टेस्लाको कारखानाले बिरामी बिदामा रहेका कामदारलाई तलब

दक्षिण अफ्रिकाका राजदूतलाई देश निकाला गर्ने अमेरिकाको घोषणा

वासिङ्टन । अमेरिकाले वासिङटनका लागि दक्षिण अफ्रिकाका राजदूत इब्राहीम रसुलले अमेरिका र राष्ट्रपति

सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्‍याली

बेलग्रेड । सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दशौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारीहरू भेला भएका छन्।

कुर्स्कमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको चेतावनी

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप