बग्दादीको डीएनए परीक्षणका लागि यसरी चोरिएको थियो भित्रीवस्त्र



कुर्दिश नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ) ले इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी मारिनुअघि पहिचान गर्न डीएनए जाँचका निम्ति उनको भित्रीवस्त्र आफ्ना जासुसले चोरेको जनाएको छ।

एसडीएफका एक वरिष्ठ कमाण्डरले अमेरिकी सेनाको कारबाहीअघि आईएसका नेता बसिरहेको ठाउँ पत्ता लगाउन आफूहरूको स्रोतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे।

शनिवार उत्तरी सिरियामा अमेरिकी सेनाको कारबाहीका क्रममा बग्दादीले ‘सुसाइड भेस्ट’ आत्मघाती विस्फोट गराई आफ्नो ज्यान लिएका थिए। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कुर्दिश फौजको भूमिकालाई खासै स्वीकारेका छैनन्।

अक्टोबर २७ को सैन्य कारबाहीबारे घोषणा गर्दा ट्रम्पले कुर्दहरूले महत्त्वपूर्ण सूचना उपलब्ध गराएको बताएका थिए। यद्यपि सैन्य कारबाहीमा उनीहरूको कुनै भूमिका नरहेको उनले बताए। तर कमाण्डर पोलाट क्यानले सामाजिक सञ्जाल ट्विटरमा सोमवार गरेका पोस्टहरूमा अमेरिकी सैन्य कारबाहीमा एसडीएफले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, “सबै जासुसी र बग्दादीसम्म पहुँचका साथै उनी बसिरहेको स्थानको पहिचानमा हाम्रै भूमिका रह्यो। बम खसाल्न ठाउँ देखाउने, सहभागी हुने र कारबाहीलाई सफल पार्ने कुरामा अन्तिम समयसम्म हाम्रो गुप्तचर स्रोतको सहभागिता रह्यो।”

बग्दादी भएको ठाउँ पत्ता लगाउने कामका लागि एसडिएफले मे १५ तारिखदेखि नै सीआईएसँग सहकार्य गरेको क्यानले बताए। टर्की, इराक, रुस र उत्तर पूर्वी सिरियास्थित कुर्दिश फौज लगायतका अमेरिकी साझेदारहरूलाई सैन्य कारबाहीबारे जानकारी गराइएको थियो।

भागेर एउटा सुरुङभित्र छिरेका अल-बग्दादीलाई अमेरिकी सैनिकले बाहिर आउन र आत्मसमर्पण गर्न भने। तर अल-बग्दादीले आत्मघाती विस्फोट गराई आफूसँगै छोराछोरीको ज्यान लिए।

त्यसपछि उनका शरीरका अवशेषहरूको परीक्षणबाट उनी मारिएको पुष्टि भएको राष्ट्रपति ट्रम्पले बताएका थिए।  सोमवार अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता अबु बकर अल-बग्दादीको शरीरका अवशेषहरूको व्यवस्थापन गरिएको जनाएको थियो।

यद्यपि कहाँ र कसरी व्यवस्थापन गरियो भन्नेबारे सेनाले केही बताएन। पेन्टागनमा आयोजित एउटा पत्रकार सम्मेलनमा रक्षामन्त्री मार्क एस्परले यस समयको सबैभन्दा जघन्यमध्येका अपराधका लागि अल-बग्दादी जिम्मेवार रहेको बताए। यसअघि सन् २०११ मा पाकिस्तानमा मारिएका अल-कायदा प्रमुख ओसामा बिन लादेनको शव समुद्रमा फालिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु

गाजा सिटी (प्यालेस्टिनी क्षेत्र)। इजरायलको पछिल्लो आक्रमणको एक साता बितिसकेको अवस्थामा गाजाको नागरिक

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

चीन । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको

जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई १४ लाख डलर पुरस्कार

जापान । हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको