कन्टेनरमा मृत फेला परेकामध्ये केही भियतनामी



यसै साता ब्रिटेनको एसिक्समा लरीमा फेला परेका ३९ शवमध्ये कम्तीमा छ शव भियतनामीहरूको हुन सक्ने बताइएको छ। भियतनामका छ परिवारले आफ्ना हराइरहेका सदस्य ती मृतकमध्ये परेको हुनसक्ने शङ्का गरिरहेको बीबीसीले थाहा पाएको छ।

तीमध्ये एक हुन् २६ वर्षीया फाम थी त्रा माइ। मङ्गलवार आफूलाई सास फेर्नै गार्‍हो भइरहेको भनेर एसएमएस सन्देश पठाए यता उनको अत्तोपत्तो नभएको परिवारले जनाएको छ।

उनका भाइ फाम न्गोक ट्वानका अनुसार उनले ब्रिटेन पुर्‍याउन मागिएको ३० हजार पाउण्डमध्ये केही मानव तस्करहरूलाई भुक्तानी गरिसकिएको थियो।पछिल्लो जानकारी उनी बेल्जियम पुगेको भन्ने जानकारी प्राप्त भएको उनले बताए।

त्रा माइका आफन्तले बीबीसीलाई भने, “उनी २३ अक्टोबर देखि हराइरहेकी थिइन्। उनी भियतनामबाट ब्रिटेन जाँदै थिइन्। हामीलाई चिन्ता छ कि कतै उनी त्यही कन्टेनरमा त थिइनन्।”उनले ब्रिटिश प्रहरीलाई अनुसन्धान गर्न आह्वान गरे। त्रा माइले मङ्गलवार अबेर राति अन्तिम सन्देश पठाएकी थिइन्।

“म निकै दुखी छु, आमा बुवा। मेरो परदेशको यात्रा विफल भयो। म मर्न लागिरहेको छु। सास फेर्न गार्‍हो भएको छ। तपाईँहरूलाई मेरो धेरै धेरै माया छ,” उनको सन्देशमा लेखिएको थियो।उनको आफन्तका अनुसार त्रा माइको यात्रा अक्टोबर ३ मा सुरु भएको हो।

लैजानेहरूले अनुमति नदिने भन्दै उनले परिवारलाई सम्पर्क नगर्न भनेकी थिइन्। “उनी पहिले चीन र त्यसपछि फ्रान्स गइन्। जहाँ पुगेपनि आफैँ फोन गरेर जानकारी दिन्थिन्। ब्रिटेन पस्ने उनको पहिलो प्रयास १९ अक्टोबरमा भएको थियो। तर त्यतिखेर उनलाई पक्रेर फर्काइयो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्‍याली

बेलग्रेड । सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दशौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारीहरू भेला भएका छन्।

कुर्स्कमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको चेतावनी

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप

श्रीलङ्काद्वारा बाली नस्ट गरी किसानलाई सताउने वन्यजन्तुको गणना र नियन्त्रण प्रयास सुरू

श्रीलंका । श्रीलङ्काले बाँदर, मयूरलगायतका वन्यजन्तुको राष्ट्रव्यापी गणना शनिबारदेखि सुरू गरेको अधिकारीहरूले बताएका

युक्रेन र रुसबीच युद्धविरामका लागि अमेरिकी नेतृत्वको आह्वानलाई जी-७ को समर्थन

  क्यानाडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको घर्षणका बाबजुद जी७ विदेशमन्त्रीहरूको समूहले युक्रेन