ट्रम्प महाभियोग छानबिनमा रिपब्लिकन सांसदको अवरोध



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी छानबिन गरिरहेको एउटा संसदीय समितिको काममा रिपब्लिकन सांसदहरूले अवरोध पुर्‍याएका छन्।

डेमोक्र्याट सांसदहरूले नेतृत्व गरिरहेको उक्त छानबिनको बन्दसत्रमा पेन्टागनका एक वरिष्ठ विज्ञले बयान दिन लाग्दा २० भन्दा बढी रिपब्लिकन सांसदहरू छिरेर बाधा पुर्‍याएका हुन्।

रक्षा मन्त्रालयकी अधिकारी लौरा कूपर उक्त समितिमा बयान दिन गएकी थिइन्। त्यही बेला रिपब्लिकन सांसदहरूले आफूले पनि बन्दसत्रमा लिइएको बयान हेर्न पाउनुपर्ने माग राख्दै छिरेका थिए। विपक्षी डेमोक्र्याटिक पार्टीका सांसदहरूले रिपब्लिकन पक्षले राष्ट्रिय सुरक्षामाथि सम्झौता गरेको आरोप लगाएका छन्।

महाभियोगसम्बन्धी छानबिन गरिरहेको उक्त समितिले राष्ट्रपति ट्रम्पलाई सोभियत शैलीबाट हटाउने प्रयास गरेको रिपब्लिकन सांसदहरूको आरोप छ।

उक्त समितिमा दुवै दलका सांसदहरू सदस्य छन्। डेमोक्र्याटहरूले रिपब्लिकनहरूले रुस र चीनलाई सहयोग गरिरहेको आरोप लगाएका छन्।

पाँच घण्टाको विलम्बपछि समितिले ट्रम्पलाई लागेका आरोपमा साक्षीका रूपमा बोलाइएकी कूपरको बयान लिन सक्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाबाट निष्कासित दक्षिण अफ्रिकी राजदूत भन्छन् -‘कुनै पछुतो छैन’ 

  केप टाउन । राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारसँगको विवादमा संयुक्त राज्य अमेरिकाबाट निष्कासित

पाकिस्तानद्वारा बलुच कार्यकर्तामाथि ‘आतङ्कवाद’ को आरोप

  क्वेटा । प्रहरी दस्तावेजअनुसार पाकिस्तानले आइतबार एक बलुच अधिकार कार्यकर्तामाथि आतङ्कवाद, राजद्रोह

बेलायतले १५ प्रतिशतले खर्च कटौती गर्ने

लन्डन । तनावपूर्ण सार्वजनिक वित्तसँग जुझिरहेकी बेलायती वित्तमन्त्री राचेल रिभ्सले चार वर्षभित्र सरकार

पश्चिम किनारमा नयाँ बस्तीहरूको इजरायली मान्यतालाई प्यालेस्टिनीहरूको निन्दा

रमल्लाह  । प्यालेस्टिनी विदेश मन्त्रालयले आइतबार कब्जा गरिएको पश्चिम किनारमा दर्जनभन्दा बढी नयाँ