काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौँले १९ ओभर ३ बलमा ११५ रन बनाउँदा सबै विकेट गुमायो । काठमाडौँका भीम सार्कीले ३३ रन बनाए । जनकपुरका राहुल यादवले ४ विकेट लिए ।
प्रतियोगितामा काठमाडौँको यो पहिलो र जनकपुरको दोस्रो खेल हो । जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

प्रतिक्रिया